यी हुन् ‘प्रिजेन्टिङ नेपाल फोटो कम्पिटिसनका उत्कृष्ट तस्बिरहरू

अठोट नेपालले आयोजना गरेको प्रेजेन्टिङ नेपाल फोटो प्रतियोगिता २०२२ मा टासी आर घलेको फोटो सर्वोत्कृट भएको छ । नेपालको सबैभन्दा गहिरा तालकारुपले प्रख्यात डोल्पा जिल्लामा अवस्थित फोक्सुण्डो तालमा सुर्य उदाउदै गरेको तस्बिर सर्वोकृष्ट भउको छ ।
कल्चर,नेचर, वाईल्ड लाईफ र लाईफ स्टाईल विधामा प्रतियोगिता गरहेको थियो । संस्कृतिमा रोजन महर्जनको पाटनमा मनाईने कार्तिक नाचको रोजन महर्जनको तस्बिरले उपाधी जितेको थियो भने प्रकृति विधामा टासी आर घलेको फोक्सुण्डो तालको तस्बिर प्रथम भएको थियो । त्यसै गरी वाइल्ड लाइफमा विनय रावल बर्दिया राष्टिय निकुन्जकमा बाघको तस्बिरले उपाधी जितेको थियो भने जिवनशैलीमा बारामा माटाको भाडा बनाउदै गरेको शुशील श्रेष्ठको तस्बिरले उपाधी जितेको थियो । प्रत्येका विधामा विजेताहरूलाई पर्यटन तथा संस्कृति मन्त्री जीवनराम श्रेष्ठले पुरस्कार जनही पचास हजार रुपैया सहित प्रमाण पत्र प्रदान गनुभएको थियो ।
प्रतियोगितामा ७ सय जना फोटोग्राफरका २ हजार ७ सय फोटो प्रतियोगितामा सहभागिता रहेको आयोजक समितिका अध्यक्ष देवेन्द्र शाहीले बताए । प्रतियोगामा जगदिश तिवारी, राजेन्द्र बाँनिया, मनोज ज्ञवली, नन्दीनी लाह थापा र भरतबन्धु थापाले निणार्यको भुमीका निभाएको थिए । विजयीसहित प्रतियोगितामा सहभागी फोटोहरू मध्य उत्कृष्ट ५० वटा तस्विर प्रर्दशनीमा राखिएको थीयो । विजेता तस्बिर तथा प्रर्दशनीमा राखिएको तस्बिरहरुलार्ई हरेक प्रदेशमा प्रदर्शन गर्ने आयोजक समितिका अध्यक्ष देवेन्द्र शाहीले बताए छ ।


Facebook Comment


No ads found for this position