काठमाडौं देखि यसरी पुग्न सकिन्छ कालिन्चोक भगवती मन्दिर (भिडियाेमा)

कालिन्चोक समुन्द्री सतहबाट ३,७०० मिटर उचाईमा रहेको आन्तरिक पर्यटकको उत्कृष्ट गन्तब्य स्थल पनी हो । मन्दिर परिसरमा भगवती, गणेशका मूर्ति र शिवपार्वती मुर्ति रहेका छन् । कालिञ्चोक दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ ।नयाँ वर्ष, जनै पूर्णिमा र मंसिरे पूर्णिमामा मेला लाग्छ ।
कालिञ्चोक बेस क्याम्प कुरी भञ्ज्याङमा मन्दिर दर्शन गर्न आउन भक्तजनहरुका लागी प्रशस्तमात्राामा होटलहरु रहेका छन् । जहाँ पाँच सयदेखि तीन हजार रुपैयाँसम्मका कोठा पाइन्छ । सादा खानाको दुई सय रुपैयाँ पर्छ ।

कुरी बजारदेखि मन्दिरसम्म कालिञ्चोक दर्शन लिमिटेडले केवलकार चलाउने तयारी गरेको छ । कुरीबाट हिँडेर मन्दिरमा पुग्न एक घन्टा लाग्छ । कालिञ्चोकबाट सूर्योदय, सूर्यास्त र हिमालको रोचक दृश्य देखिन्छ । त्यहाँबाट लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि सगरमाथासम्म देखिन्छ ।यात्राबाट फर्कंदा छुर्पी, चिज, चौंरीको घ्यु, काष्ठकला, खरिढुँगा कला कोसेली ल्याउन सकिन्छ ।

कालिन्चोक भगवती आन्तरीक पर्यटकको प्रमुख रोजाईमा परेको स्थान मध्य एक हो । काठमाडौं देखि यसरी पुग्न सकिन्छ कालिन्चोक भगवती मन्दिर
काठमाडौं–चरिकोट १३३ किमि, गाडीमा ५ घन्टा। चरिकोट–कुरी बजार १७ किमि, जिपमा डेढ घन्टा। कुरी–कालिञ्चोक केवलकारमा ५ मिनेट। केवलकार स्टेशन–कालिञ्चोक मन्दिर ७ मिनेट पदयात्रा। चरिकोटबाट हिँडेर जाँदा ६ घन्टामा कुरी बजार। कुरीबाट हिँडेरै मन्दिर पुग्न अर्को १ घन्टा।

कसरी पुग्नेः

काठमाडौं–चरिकोट १३३ किमि । चरिकोट–कालिञ्चोक १७ किमि । काठमाडौंको पुरानो बसपार्कबाट ६ घन्टा बसमा चरिकोट । चरिकोट–कुरी जीपमा दुई घन्टा । चरिकोट–कुरी पदयात्रा समय करिब ५ घन्टा ।

 


Facebook Comment


No ads found for this position