सर्वोच्च शिखर सगरमाथा हेर्ने आँगन ( फोटो फिचर )

सोलुखुम्बु र ओखलढुगोको सिमानामा अवस्थित सोलुखुम्बुको प्रमुख प्रवेशद्वार पत्ताले क्षेत्र आन्तीक पर्यटकको गन्तव्य स्थलका रुपमा विकसित हुँदै गएको छ । पत्तालेबाट सर्वोच्च शिखर सगरमाथा लगाएत दर्जनौ हिमश्रृंखलाहरु नजिकैबाट अवलोकन गर्न सकिने भएकाले पनीे आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्न पुगेको ओ । सगरमाथा आखै अगाढी हेर्न चाहने तर पदयात्रा गर्न नसक्नेहरुका लागि पत्ताले क्षेत्र प्रख्यात रहेको छ ।
समुन्द्री सतहबाट ३ हजार मिटरको उचाइमा रहेको छ पत्ताले क्षेत्र । हिउदमा हिउले ढपक्क ढाक्ने गर्दछ पत्ताले क्षेत्र । पत्ताले चुरे श्रृंखलापछिको अग्लो पहाड हो । सगरमाथा, कञ्चन्जंघा, मकालु, ल्होत्से र दोलखाको गौरीशंकर हिमाललाई नजिकबाट नियाल्ने एक मात्र निर्विकल्प स्थान बनेको छ पत्ताले । त्यसैले पछिल्लो समय नेपालीको मात्रै नभएर विदेशीको पनि रोजाइमा परेको छ छ ।
धार्मिक, सांस्कृतिक हिसाबले पनि पत्ताले महत्त्वपूर्ण छ । आदिवासी शेर्पा र मगर समुदायको मुख्य बसोबास रहेको पत्तालेमा गृष्म र शरद ऋतुमा पर्यटकहरु घुम्न जाने गरेका छन ।
ओखलढुंगाबाट ३० किमि र सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट ३१ किलोमिटर दुरीमा पत्ताले बजार पर्दछ ।
काठमाडौदेखि पत्ताले सम्म सडक पिच रहेको छ । काडमाडोंबाट ९देखि १० घण्टाको मोटर यात्रामा सहजै ँ पुग्न सकिन्छ । पत्ताले आर्थिक हिसावले निकै सस्तो पर्यटकीय गन्तव्य पनि हो । पत्ताले घुम्न राजधानीबाट दुई दिन एक रात समय छुट्याउँदा पुन्छ । प्रति व्यक्ति करीब ४ देखि ५ हजार रुपैयाँमा यो क्षेत्रमा घुमेर फर्कन सकिन्छ । पत्ताले बास बस्नका लागि होटलहरु भएका कारण खान र बस्न खासै समस्या हुन्न तर शुक्रबार भने पर्यटकको चाप बढ्ने भएका कारण अग्रिम जानकारी लिएर जानु राम्रो ।

पत्ताले जादै गर्दा बाटोमा देखिएका धानबाली
मुलकोट बजार

 

पत्तालेमा सगरमाथा देखेर रमाउदै आन्तरीक पर्यटक

पत्तालेमा क्षेत्र
पत्तालेबाट देखिएकाे सर्वेाच्च शिखर सगरमाथा

 


Facebook Comment


No ads found for this position