मतदान गर्दै राजेश हमालले भने,अर्को चुनावमा मलाई उम्मेदवारको हुने

काठमाडौं । अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि  कुरा गर्दै उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे । अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए ।

‘अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रुपमा देख्नुहुनेछ,’ उनले भने । हमालले यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने संकेत समेत गरेको बताए ।


Facebook Comment


No ads found for this position