१ सय वटा थुम्काथुम्की डाँडाहरूले जोडिएर वनेको शैलुङको यात्रा (भिडियो)

शैलुङ डाँडा एउटा दोलखा जिल्लाको मात्र नभई नेपालकै रमणीय पर्यटकीय स्थलको रूपमा परिचित रहिआएको छ। यो ठाउ समुन्द्री सतहबाट करीब ३४०० मिटर अग्लो स्थानमा दोलखा जिल्लाको दक्षिण पश्चिममा अवस्थित रहेको छ। शैलुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रूपमा पनि परिचित छ , जहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बारवर्षे मेला जस्ता चाडमा धेरै दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ। साथै शैलुङ डाँडा यस अर्थमा पनि प्रख्यात छ की, जुन डाँडा १०० वटा अग्ला र होचा हेर्नलायक मनमोहक सुन्दर थुम्काथुम्की डाँडाहरूले जोडिएर वनेको छ।

शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो । जसको अर्थ हुन्छ तामाङ भाषमा “शै” भनेको सय र “लुङ” भनेको थुम्का भन्ने बुझिन्छ। शैलुङ डाँडाबाट मनमोहक गौरीशंकर हिमाल , सगरमाथा, माछापुच्छ्रे हिमाल, गणेश हिमाल लगायत काठमाडौँ उपत्यका र तराईका केही भागहरू समेत देखिने भएकोले यो स्थान अझ रमणीय पर्यटकीय स्थल बन्न सफल भएको छ।

यहाँ शैलुङ्गेश्वर महादेवको मन्दिर, १२ वर्षमा एकपटक खुल्ने गदौरी जस्ता धार्मिक रूपले चर्चित गुफा पनि अवस्थित छ। चारैतिर देखिने मनोरम हिमशिखरहरू, वनैभरि नाच्ने डाँफेमुनाल, चौंरी र विभिन्न जातजातिका चराचुरीङ्गी एंव जंगली जनावरहरूले शैलुङ डाँडा धार्मिक एबम पर्यटकिय महत्त्व बोकेको स्थानको रूपमा चिरपरिचित रहदै आएकोछ। साथै थुम्कामा हिउँद महिनामा सेताम्मे हिउँ पर्ने भएकोले यसबेला हिउँप्रेमीहरूको धेरै भीड लाग्ने गर्दछ। त्यतिबेला हिउँमा खेल्नको लागि धेरै ठाऊँबाट पर्यटकहरू आई हिउँमा खेल्ने र सेताम्मे शैलुङको प्राकृतिक स्वाद लिने गर्दछ्न।


Facebook Comment


No ads found for this position