ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा निगरानी बढाउने

काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायर क्षेत्रमा निगरानी बढाउने भएको छ । पछिल्लो समयमा दरबार स्क्वायर क्षेत्रमा पर्यटकहरुलाई दुख दिने, साइकल स्टन्ड गर्ने, टुरिष्ट गाइडहरुले मनोमानी गर्ने लगायतका गुनासो आएपछि महानगरले सो क्षेत्रमा निगरानी बढाउने भएको हो । दरबार स्क्वायर क्षेत्रकझ व्यवस्थापनलाई थप प्रभावकारी बढाउन कडाइ गर्न लागिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।

‘विश्वसम्पदा सूचीमा परेको दरबार क्षेत्रमा अब बदाम, सुन्तला, चटपटे लगायत बेच्न पाइँदैन । यसले विशेषगरी विदेशी पर्यटकहरुलाई दुःख दिएको देखिन्छ । यस्तै आजदेखि पाटन दरबार क्षेत्रमा टुर गाइड आचार संहिता लागु गर्दैछौं । दरबार क्षेत्रमा टुरिष्ट गाइडका लागि निश्चित पोशाक, परिचयपत्र र स्थान मात्रै पाइन्छ, शुल्क पनि निश्चित तोकिएको हुन्छ’ अर्यालले भने ।

महानगरका अनुसार विश्वसम्पदा क्षेत्रभित्र पर्ने दरबार क्षेत्रमा सीसीटीभीबाट थप व्यववस्थित गरिने भएको छ । दरबार क्षेत्रमा बी–बोइङ, साइकल स्टन्ड, असभ्य प्रकृतिका नृत्यहरु गर्न समेत रोकिएको महानगरले जनाएको छ । महानगरको नीतिमै दरबार क्षेत्रमा कार्यक्रम गर्दा भिडियो, फिल्म जस्ता कुराहरु सुटिङ गर्दा महानगरसँग स्वीकृति लिनुपर्ने छ ।


Facebook Comment


No ads found for this position