ऋषिमुनी बिलिन भएको ठाउँ ….. ( फोटो /भिडियो )
भरतबन्धु थापा
माथि माथि शैलुङमा चौरी डुलाउनेलाई ……यो गित नसुन्न्ने पाय कमै मानिस होलान । मैले यो गित सुनेर नै शैलुङ कहिल जाने भनेर मन मनै सोच्ने गर्दथिए । तर शैलुङ जाने मौका भने मिलेको थिएन । धेरै पटक जाने शैलुङ क्षेत्रका अभियान्ता दावा शाङबु शेर्पाल निम्ता गरेता पानी जाने अवसर मिलेको थिएन । तर यो पटक मौका मिल्यो । यो मौका लागि शैलुङ क्षेत्रका अभियान्ता दावा शाङबु शेर्पा, ब्यसायी ,राजु श्रेष्ठ, साथी देवबेन्द्र शाही र सिजेस गौतमलाई धन्यवाद ।
राजधाननी नजीकै भएर पनी शैलुङ कहाँ छ त भन्ने थाहा नपाउने पनी धैर्रै होलान । संघीय राजधानी काडमाण्डौदेखि सहजै सात घण्टामा पुग्न सकिन्छ भन्ने कमैलाई थाहा होला ।
यस्तो छ विशेषता
किम्बदन्ती अनुसार सयौ वर्ष पहिले ऋषिमुनीहरु तपस्यामा थिए । कलि युगसँगै ऋषिमुनीहरु पाप देख्न नपरोस भनेर त्यही ठाउँमा बिलिन भए । तीनै ऋषिमुनी बिलिन भएका प्रत्येक ठाउँमा थुम्का निस्किए र तामाङहरुले ती थुम्कालाई शैलुङ नामाकरण गरे भन्ने स्थानियको भनाई रहेको छ । तामाङ भाषामा ‘शै’ को अर्थ सय र ‘लुङ’ को अर्थ थुम्का हो भन्नछन् शैलुङ पर्यटनका अभियान्ता दावा शाङबु शेर्पा । शेर्पा भन्छन् शैलुङमा १०८ वटा थुम्का छन । शैलुङको चार वटा विशेषता रहेको बताउनछन् । उनी पुस माघ र फागुनमा हिउले ढपक्क, चैत्र बैशाखमा बत्तिस प्रजातीका लालिगुरासले ढपक्क ढाकिन्छ, जेड,असार र साउन बिभिनन खालका प्रजातीका फुलहरुले ढपक्क ढाकेको हुन्छ , ति फुलहरुको सुगन्धले शैलुङको बासना मय हुन्छ भने भदौ देखि पौष्को पहिले हप्ता सम्म धानको कुन्यो जस्तो देखिने विशेषता रहेको छ भने धार्मीक हिसावले हिन्दु तथा बौध धर्मावलम्बीहरे आस्थाको धरोहर मानिन्नछ ।
धार्मीक धरोहर
किम्बदन्तीअनुसार तीन वटा बुद्धले तपस्या गरेको पवित्र स्थाल शैलुङ हो । बुद्ध धर्मावलम्बीहरुले आफ्ना पुर्खाहरुको अस्तु शैलुङ डाँडामा सेलाउन पाएमा पवित्र हुन्छ र पितृहरु तर्छन् भन्ने धार्मिक मान्यता यहाँको छ । १० हजार जनसंख्या रहेको शैलुङ गाउँपालिकामा तामाङहरुको बाहुल्यता छ । शैलुङलाई हिन्दुहरुको पवित्र स्थल पनि मानिन्छ । यस ठाउँमा शैलुंगेश्वर महादेव, शैलुंगेदेवी भगवतीको मन्दिर, १२ वर्षे गोदावरी गुफा धर्मद्वार छ । गुप्तेश्वर महादेवको मन्दिर, डाँफे ढुँगा छ । यस्तै भिमसेनको तरवार र पृथ्वीको नाइटो तथा बुद्धको पाइला पनि यहाँ देख्न पाइन्छ । ३ हजार १ सय ४६ मिटर उचाइमा दोलखा र रामेछापको सिमानामा अवस्थित सैलुङबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ गौरीशंकर हिमाल नजिकबाट देख्न सकिन्छ ।
शैलुङ क्षेत्रको सबैभन्दा उच्च स्थानमा स्तुपा र टावर रहेको छ । टावरमा चढेर हेर्नेहो भने दुई सय डीग्रीमा हिमश्रृखाला देख्न सकिन्छ भने सयवटा थुम्का समेत अवलोकन गर्न सकिन्छ । हामी शैलुङ क्षेत्रमा पुग्दा भुटान देखि तान्त्रीक गुरु आउनुभएको थियो । त्यो भएरपनी गुरुको आशिवार्द लिनका लागि स्थानियहरुको उल्लेखनियरुमा शैलुङ क्षेत्रमा उपस्थिती रहेको थियो ।
कसरी पुग्नेः
शैलुङ बेस क्याम्प खोलाखर्कसम्म मोटरबाइक, जिप वा बसमा जान सकिन्छ । काठमाडौंबाट नेपालथोकहुँदै १ सय २१ किलोमिटर दूरीमा छ खोलाखर्क । त्यसैगरि अर्को रूटमा काठमाडौंबाट सिन्धुपाल्चोकको मुढेहुँदै खोलाखर्क १ सय ३२ किमि दूरीमा पर्छ। तर मुढेखर्कको बाटोभन्दा नेपालथोकको बाटो सहज रहेको छ । खोला खर्क देखि शैलुङ पुग्नलाई लाई पैदल यात्रा तय गर्नु पर्दछ । सिधै उकालो भएका कारण विस्तारै विस्तारै जानु पर्दछ । एक घण्टाको यात्रा पश्चात पुग्न सकिन्छ खोलाखर्क देखि शैलुङका स्तुपा तथा टावर भएको क्षेत्र ।
दावा शाङबु शेर्पा
पर्यटन अभियन्ता तथा पश्चिम रामेछाप पर्यटन विकास केन्द्र अध्यक्ष
शैलुङक्षेत्रको प्रमुख समस्या भनेको नेपालथोक देखि शैलुङ र मुढेदेखि शैलुङक्षेत्र सम्म बाटो राम्रो नहुनु हो । बाटो त रहेको छ तर पर्यटकलाई सहजै आउने सक्ने बाटो भने छैन । यस्का लागि हामीले धेरै पटक पहल गरेका छौ विस्तारै बन्दै गएको छ । अहिले हामीले शैलुङक्षेत्रमा आएका पाहुनाहरुलाई ५ सय जना जतीलाई ब्यबस्थापन गर्न सक्ने अवस्था रहेको छ । अझ विस्तारै विस्तारै विकास हुदैछ । यहा आउने पर्यटकहरुलाई शैलुङ सुन्दता मात्र होईन यहाँकै स्थानिय परिकारहरुको खानपिन होस भनेर हामीले चौरीका परिकार, आलुका परिकार तथा किबी समेत यही उत्पादन गरेका छौ । यस्कालागि गाँउलेहरु मिलेर काम गरीरहेका छौ । यहाँको किबी र आलु संघीय राजधानी देखि तराई सम्म माग रहकेो छ । आलुको माग अनुसार उत्पादन गर्न सकिरहेका छैनौ । अझै विस्तार गर्ने योजना रहेको छ । यो क्षेत्रको दोलखा र रामेछापको सिमानामा रहेको छ । कोभिड अघि हामीले यो क्षेत्रको प्रचार प्रसार होस भनेर मेला समेत योजना गरेका थियौ । अव फेरी यो क्षेत्रकेो प्रचार प्रचार होस भनेर मेल ागर्ने योजना समेत बनाएका छौ । यस्का लागि दुबै जिल्लाका स्थानिय निमाय तथा समुदायमा छलफल जारी राखीरहेका छौ ।