प्रकृतिको उपहार: लाङटाङ (फोटो/ भिडियो मा )
भरतबन्धु थापा
नेपाल आउने पर्यटकको प्रमुख रोजाईमा पर्ने स्थान मध्य एक हो लाङटाङ राष्टिय निकुञ्ज क्षेत्र पदायत्रा । अझ भन्नु पर्दा लाङटाङ राष्टिय निकुञ्ज क्षेत्र भित्र पर्ने स्थान हो क्यानजेभ भ्याली । तर यो त्यही ठाउँ हो, जहाँ २०७२ को विनासकारी भूकम्पमा हिमपहिरो जाँदा सिंगो बस्ती नै पुरिएर नामेट भएको थियो । तर अहिले फेरी यो क्षेत्र पुरानै लयमा फर्कीसकेको छ भने त्यो पिडालाई भुलेर अहिले क्यानजेन पुन उत्तिकै हार्दिकताका साथ पाहुनाहरुलाई स्वाग गरीरहेको छ लाङटाङ । राजधानीबाट नजिकै तथा ६ दिनमा क्यानजेन भ्याली पुगेर फर्किन सकिने भएकाले पनि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्छ ।
क्यान्जेन उपत्यका लाङटाङको फेदीमा मात्र नभएर वरीपरी हिमालको विचमा अवस्थित रहेको छ । यहाँ अवस्थित क्यनजेन गुम्बा ७ सय वर्ष पुरानो रहेको बताइन्छ । यही गुम्बाको नामबाट उपत्यकाको न्वारान गरिएको हो । क्यानजिङ गुम्बा लाङटाङ उपत्यकाको सबैभन्दा बढी उचाईमा रहेको मानव वस्ती पनि हो । चिसो सिरोटोले हरदम स्पर्श गरिरहने क्यानजेन उपत्यका समुन्द्री सतहबाट तीन हजार ८ सय ५० मिटर माथि छ । लाङटाङ हिमाल हेर्नका लागि यो सबैभन्दा उपयुक्त स्थल पनि हो । यो विन्दुबाट दोर्जे लाक्पा, लिरुङ, जुल,गाङछेम्पो जस्ता हिमाललाई नजिकबाट नाङ्गो आँखाले नियाल्न सकिन्छ ।
क्यानजेन उपत्यकाबाट हेलम्बुसम्मको अर्को पदयात्रा गर्न सकिन्छ । गोञ्जला पास हुँदै हेलम्बुसम्म यात्रा गर्न भने अरु तीन दिन समय लाग्नसक्छ । तर यो पदमार्ग साहसीक पदमार्ग भित्र पर्ने बताउछन पर्यटन ब्यबसायीहरु ।
तर हामी भने पदयात्रा नगरेर हेलिकप्टमा क्यानजेन भ्याली पुगेका हौं । काठमाडौंदेखि बडीमा तिस मिनेट लाग्छ क्यानजेन पुग्न । एक पटक ५ जना जान मिल्छ । यो पटक हामी ने भएकाले हामी ५ जना सपरिवार क्यानजेन जाने योजना बनायौं । पेसाले म पर्यटन व्यवसायी भएका कारण पनि तिन वटा हेलीकप्टमा गएका थियौ । क्यान्जे भ्यलाीको बिषयमा सगै यात्रा गरेको राजु श्रेष्ठ भन्छन् क्यानजेनको बारेमा मैले धेरै सुनेको थिएँ । तर, प्रत्यक्ष पुगेको भने पहिलो पटक हो । हुन त म यात्रामा निकै रमाउने मान्छे तर यो यात्रा जिवनकै यादगार यात्रा भयो । त्यस्तै यात्रामा सहभागी सम्पुर्ण श्रेष्ठ भन्छन् देशका विभिन्न क्षेत्रमा यात्रा गरेता पनि क्यानजेन मेरा लागि पनी नयाँ स्थान हो , त्यही भएर निकै रमाईलो भयो । यात्रामा सहभागी साथीहरु पनी रमाईलो भएका कारण यात्रा निकै रोमाञ्चकारी भयो ।
आन्तरिक पर्यटक