न्यूयोर्कमा दुई दिने नेपाल झल्कने ट्राभल एण्ड एड्भान्चर शो सम्पन्न

अमेरिकाको प्रमखु शहर न्यूयोर्कमा नेपालको पर्यटन प्रर्वद्धन गर्ने उदेश्यका साथ दुई दिने ट्राभल एण्ड एड्भान्चर शो सम्पन्न भएको छ । युनीकोम एलएलसीको आयोजनामा जाकोब जाभिट्स सेन्टरमा भएको ट्राभल एण्ड एडभेन्चर शोमा नेपालका पर्यटकीय क्षेत्रको जानकारी र प्याकेजको जानकारी दिएको नेपालका लागि अमेरीकाका पर्यटन दुत प्रदिप श्रेष्ठले बताए ।
ट्राभल ब्युरो अफ नेपालको सक्रिय सहभागीतामा भएको कायक्रममा नेपालका पर्यटकीय क्षेत्रको जानकारी र प्याकेजको जानकारी सहित शोेमा नेपाल झल्कने जाकारी, नेपालका विश्वविख्यात पर्यटकीय स्थलहरुका सचित्र जानकारी रहेको श्रेष्ठले बताए ।

नेपाल बाट केहि कम्पनीहरुले ट्राभल शो मा सहभागी हुन कोशिश गरेका थिए तर नेपाल स्थित अमेरिकन एम्बेसीले भिषा अन्तवार्ता को लागि २०२४ मा मात्र समय दिएको ले उनिहरु सहभागी हुन नसकेको ट्राभल ब्युरो अफ नेपालका प्रमुख कार्यकारी अधिकृत एवं न्युयोर्कका लागि नेपाल पर्यटन बोर्डेका पर्यटनदुत प्रदिप श्रेष्ठले बताए ।
उक्त ट्राभल शो मा अन्तर्राष्ट्रीय ट्राभल कम्पनी हरु , होटल , रिसोर्ट तथा विभिन्न एयरलाइंस कम्पनीहरुको सहभागिता रहेको थियो सहभागी नेपाल पर्वातारोहण संघका सदस्य एव पर्यटन ब्यबसायी राजेन्द्र लामाले बताए । उनले भने म विदेशका बिभिन्न मेलामाहरुमा सहभागी हुने अवसर पाएको छु तर यो पटक नेपालको मेलामा न्युर्योक बासीको चासो देख्दा निकै उत्साहीत भएको लामाले बताए ।

ट्राभल एण्ड एडभेन्चर शो मा भिजिटर हरुको उत्साह जनक उपस्थितीले निकै ख़ुशी भएको बताउदै लामाले भने कोभिड-१९ ले सुस्ताएको पर्यटन व्यवसाय अब चलायमान हुने मैले आशा गरेको छु ।
न्यूयोर्कमा सम्पन्न दुई दिने पर्यटन मेला मा करीब पच्चीस हजार डलर खर्च भएको ट्राभल ब्युरो अफ नेपाल का सीईओ प्रदिप श्रेष्ठ ले बताए । उनले भने उक्त खर्च मैले निजी रुपमा गरेको बताए । मैले यो कार्यक्रमको बिषयमा नेपालको पर्यटन सग सरोकार राख्ने निकाय लगाएत नेपाल सरकार सग विगत छ महिना देखि शो को लागि बुथ बुक गरि सम्बन्धित निकायमा जानकारी सहित अनुरोध गनी गरेको तर कहि कतै बाट सहयोग तथा सहकार्य नपाएको बताए । उनले भने मैले मैले अमेरीका बिभिन्न शहरमा विगत केही बर्षदेखि यस्ता कार्यक्रमहरु निरन्तर गदै आएको छु तर सरोकार राख्ने निकायहरु नेपाल पर्यटन बोर्ड , पर्यटन विभाग र पर्यटन मन्त्रालय लाई पटक पटक अनुरोध गर्दा पनि कुनै निकाय बाट सहयोग नपाएको बताउछन् पर्यटनदुत श्रेष्ठ ।
नेपालका बिभिन्न निकायलाई कसरी नेपालको पर्यटन प्रबर्धन गर्न सकिन्छ भनेर पटक पटक बिभिन्न खाका तथा योजनाहरु जानकारी गराए तर उहाँहरुले त्यती गहन रुपले लिएको मैले पाएको छैन , यदी सरोकार राख्ने निकायहरु ले अलीकती चासो
दिएमा अझै प्रभावकारी तरिका ले नेपालको पर्यटन प्रबर्धन गर्न सकिने श्रेष्ठले बताए ।

ट्राभल एड्भान्चार शोका तस्बिहरु

 

 


Facebook Comment


No ads found for this position