हिउँले ढपक्क रारा (भिडियो)

नेपालको सबैभन्दा ठुलो ताल रारामा अहिले पर्यटको चाप बढ्न थालेको छ । गएको हप्ता रारा आसपासमा हिउँपरेपछी आन्तरीक पर्यटकको आगमन हुन थालको हो । अहिले रारमा आन्तरिक पर्यटक हिउँ खेल्न आउन थालेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर जयहरि धितालले बताए । हिमपात परहेको केही दिन बाटो असहज भएको थियो तरा अहिले आवतजावतको लागि केही सहज भएपछी जिल्लाभित्र तथा बाहिरबाट दैनिक १५ देखि २० जना आन्तरिक पर्यटक रारामा आएर हिउँ खेल्न रमाउन आनन्द लिने गरेको धितालले बताए ।
रारामा आएका आन्तरिक पर्यटक हिउँ खेल्ने, भिडियो, फोटो खिच्ने र घोडा चढेर हिउँमा वरपर घुम्ने गरेका छन् । कोही एक, दुई दिन रारामै बसेर वरपर घुमफिर गर्ने र कोही एक दिनमै फर्किने गरेका छन् ।

हिमपातले गर्दा रारामा आन्तरिक पर्यटकको चहलपहल बढाएको धितालको भनाइ छ । रारा घुम्न मौसम पनि सुरुवात हुन थालेको उनको भनाइ छ । एक महिनादेखि सुनसान बनेको रारा क्षेत्रका होटलहरुमा पनि आन्तरिक पर्यटक देखिन थालेका छन् ।

पर्यटकीय चहपहल बढन थालेपछि होटल व्यवसायी पनि खुसी हुन थालेका छन् । हिउँ खेल्न हवाईमार्गबाट आन्तरिक पर्यटक रारा पुग्न थालेको पर्यटक व्यवसायीदेखि कृष्ण रोकायाले बताए ।

हिउँ खेल्न कोही पर्यटक सडकमार्गबाट रारा आउने गरेका छन् भने कोही नेपालगञ्जदेखि जहाज चढेर रारा पुग्ने गरेका छन् ।

नेपालगञ्जदेखि गाडीमार्फत रारा पुग्न दुई दिन लाग्छ भने हवाईमार्गबाट ३५ मिनेट रारा विमानस्थल र त्यहाँबाट जिप तथा घोडा चढेर आधा घन्टामै रारातालको छेउमा पुगिने गरेको छ ।


Facebook Comment


No ads found for this position