क्यानडामा भाद्रको दोस्रो हप्ता सेभन वन्डर अफ नेपाल कार्यक्रम गरिने

काठमाडौं । क्यानडामा असार २३ गते गर्ने भनेको सेभव वन्डर अफ नेपाल कार्यक्रम भाद्र १३ गरिने भएको छ । विगत एक दशक देखि क्यानडामा क्रियाशील रहेको सस्था क्यानाडा–नेपाल टुरिज्म एन्ड कल्चरको आयोजनामा गर्न लागेको कार्यक्रम केही प्राविधीक कारणबस पछी हुन गएको आयोजकले जनाएको छ ।
क्यानाडामा नियमित नेपालको पर्यटनलाई प्रवर्धन गर्दै आएका दाङ जन्मेर हाल क्यानडा निवासी एवं नेपाल टुरिज्म एण्ड कल्चरका अध्यक्ष नरबहादुर टण्डनले यो वर्ष पनि सेभन वन्डर अफ नेपाल नामक नेपाली संस्कृति झल्कने कार्यक्रम गर्न लागेको बताए । उनले भने यो कार्यक्रम असार २३ गते गर्ने भनिएको थियो, तर केही प्राविधीक कारणले ढिलाई भएको बताए ।
सभेन वन्डर अफ नेपाल कार्यक्रम नेपालको सुन्दरता र त्यसको महत्तव झल्कने कार्यक्रमका साथै नेपालको सातवटा प्रदेशको सातवटा महत्वपूर्ण गन्तव्यलाई केन्द्रीकृत गरेर पर्यटकीय स्थलको परिचय र जानकारीमूलक भिडियो तथा तस्बिर प्रर्दशनीको कार्यक्रम गर्न लागेको बताए । कोभिड–१९ का कारण प्रतिकूल असर परेको नेपालको पर्यटन उद्योगलाई पुरानै लयमा फर्काउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताउँदै अध्यक्ष टण्डनले भने, “विगत एक दशकदेखि निरन्तररुपमा नेपालको पर्यटन प्रवद्र्धन गरिरहेको छु । कार्यक्रममा क्यानडा पराष्ट्र मन्त्री मेलानाई जोली, मन्त्री हरजीत साजन, क्याडन नेपाल पार्लियामेन्ट एसोसीएनका अध्यक्ष एव सासद सोनीया सीन्धु , एनआर एन, नेपाली राजदुतबास र स्थानिय सहयोगको कार्यक्रम गर्न लागेको बताए ।
नेपालका सातै वटा प्रदेशका पर्यटकीय स्थल झल्कनेका साथै जानकारीमूलक तस्बिर, भिडियो र सांस्कृतिक कार्यक्रम समावेश गर्ने पनि टण्डनले बताए ।

को हुन् त नर बहादुर टण्डन ?

दाङ जन्मेका नरबहादुर टण्डन उच्च शिक्षा अध्ययनका लागि सन् २००५ मा उनी क्याडाना गएका थिए । कमाई नहुँदा पढाई अघि बढाउन सकेनन् । कामकै सिलसिलामा ट्रक ड्राइभर भए अहिले त्यही ट्रकबाट जन्मभूमि नेपाललाई विदेशमा चिनाउने कार्य आएका छन् । एक अध्ययनअनुसार, क्यानाडामा ६५ हजारभन्दा बढी नेपाली बस्छन् ।
क्यानाडा–अमेरिका गुड्ने लरी ट्रकमा ठूला व्यावसायिक कम्पनीहरू आफ्नो वस्तुको विज्ञापन गर्न हजारौं खर्च गर्न रूचाउँछन् । टण्डनले अन्य कम्पनीको विज्ञापन गर्न चाहेनन् । जतिसक्दो आफ्नै देशको प्रचार अभियानमा जुटेर अहिले त्यही अभियानलाई निरन्तरता दिरहेका छन । ट्रक हाँकेरै अमेरिका र क्यानाडाका दर्जनौं शहर घुमेका टण्डन त्यहाँका स्थायी वासिन्दा हुन ।

दश बर्ष अघि क्यानडामा कार्यक्रम गर्दाको झलक

 


Facebook Comment


No ads found for this position