कीर्तिमानी आरोही कामिरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगे

कीर्तिमानी आरोही कामिरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।

सेभेन समिट ट्रेक्सले दिएको जानकारी अनुसार शेर्पा बुधबार बिहान साढे बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्।

फेरि सगरमाथा आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेका छन्। यसअघि २६ औं पटक सगरमाथा आरोहण गर्ने रेकर्ड पनि उनकै नाममा थियो।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा अहिले ५३ वर्षका भए। उनी पहिलोपटक सगरमाथा चढ्दा कामिरिता २४ वर्ष थिए।

काठमाडौंको बौद्धमा पनि कामिरिताको घर छ। उनलाई भने हिमाल नै प्यारो लाग्छ। चार वर्षअघि सेतोपाटीसँग कुरा गर्दै उनले भनेका थिए, ‘हिमालमा चोखो हावापानी खान पाइन्छ। काठमाडौंमा धूलो र फोहोरबाहेक के छ?’

हिमालकै हावापानीले आफूलाई तागत दिने उनी बताउँछन्। ‘म सगरमाथा मात्र हैन, वर्षमा कहिलेकाहीँ चार-पाँचवटा हिमाल चढ्छु। ट्रेनिङ गर्छु,’ उनले भने, ‘यसबाट अल्टिच्युडसँग खेल्न सक्छु।’

पटक-पटक सगरमाथा चढ्न सक्नुको कारण पनि उनी यसैलाई मान्छन्।


Facebook Comment


No ads found for this position