प्रजापतीको अध्यक्षतामा पासा पुचः गुथि यूकेमा नयाँ नेतृत्व चयन

सुशील प्रजापतीको अध्यक्षतामा पासा पुचः गुथि यूकेमा नयाँ नेतृत्व चयन भएको छ । आगामी दुई वर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिको उपाध्यक्षमा रुक्मणि मानन्धर, दिव्य महर्जन र विजयमान डंगोल, महासचिवमा नगेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा रजनी श्रेष्ठ, सहसचिवमा प्रजेश श्रेष्ठ, लिसा दली श्रेष्ठ र सहकोषाध्यक्षमा श्याम श्रेष्ठ निर्वाचित भएका छन ।
त्यसैगरी, कार्यसमिति सदस्यहरुमा सबिता मानन्धर, मधुसुदन कायस्थ, सचेतन तुलाधर, यादव श्रेष्ठ, रमेश श्रेष्ठ, माधवलाल श्रेष्ठ, सोनी श्रेष्ठ, सुरोज मास्के, केशव श्रेष्ठ, चरण प्रधान र सकिला मानन्धर चुनिएका छन ।
सो अवसरमा गुथिका संस्थापक सदस्यहरु अमृत स्थापित, महन्त श्रेष्ठ, शशी मानन्धर, बालमुकुन्द जोशी, उत्तम अमात्य, अर्जुन प्रधान र धर्म शाक्य, संस्थामा लामो समयसम्म योगदान गर्ने सदस्यहरु कुमार श्रेष्ठ, मनिष श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, जानकी कायस्थ, कपिल श्रेष्ठ, राजन मल्ल र केशव श्रेष्ठ एवम् सल्लाहकारहरु सचेतन तुलाधर, यादव श्रेष्ठ, शिवजी श्रेष्ठ, कपिल श्रेष्ठ र राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।


अध्यक्ष निर्वाचित प्रजापतिले यसअघि संस्थामा उपाध्यक्ष, महासचिवलगायत महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका थिए । उनले दुई कार्यकाल पासा पुचः साउथ इष्ट लण्डनको अध्यक्षका रुपमा नेतृत्व पनि सम्हालेका थिए।
ीवदेशमा बसेर पनि नेपाल नेपाली भाषा सस्कृती अझ बिशेष गरी नेवारी सस्कृतीके बिषयमा बहस, छलफल तथा बिभिन्न कार्यक्रम गर्दै आएको पासा पुसलाई अझ ब्यापक बनाउदै लैजान केन्दी्रत रहने अध्यक्ष प्रजापतीले बताए । उनले भने बेलायतमा नेवारी संस्कृति, भाषा, कला संरक्षण र प्रवर्धनको लागि बिगतमा जस्तै निरन्तरलागि रहने बताए ।


Facebook Comment


No ads found for this position