प्रदीप श्रेष्ठको अध्यक्षतामा ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्स स्थापना

न्युयोर्कमा नेपाल र नेपालका गन्तब्यको प्रचार प्रसारका साथै  पर्यटन क्षेत्रमा क्रियासील प्रदिप श्रेष्ठको अध्यक्षतामा ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कर्मस स्थापना भएको छ । नेपाल जन्मेर कर्मभुमी अमेरिका आएर न्युयोर्कको न्युजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गरेर बसेका नेपालीभाषी व्यवसायीहरू सगंठीत भएका छन् ।
उनीहरुले ब्यबसायीक हक र हितकका लागि मात्र नभएर समग्र ब्यबसायीक अनुभव आदन प्रदानका लागि ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्स स्थापना गरेका छन ।
सस्ंथाको स्थापनाको मुल उदेश्यक अमेरीकामा नेपालीमुलका व्यवसायीहरूलाइ एकजुट बनाउँदै ब्यबसायहीहरुको हक र हितका लागि संस्था स्थापना गरिएको सस्थापक अध्यक्ष प्रदीप श्रेष्ठले बताए ।

विगत केही समय देखि हामीहरु निरन्तर छलफलमा थियौ, साथीहरुले संस्थागत रुपमै अगाढी बढ्ने कुरा भएपछी अहिले कानुनी प्रक्रियागत रुपमा संस्था दर्ता भएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने अहिले ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । यस्लाई अझ ब्याप्क रुपमा अघि बढाउने योजना रहेको उनले बताए । समितिमा सदस्यहरूमा नविन क्षेत्री, लेलिन कँडेल, अमित प्रताप शाह, छेपाक दोर्जे गुरुङ, माम्पी घोष, अन्जन श्रेष्ठ, गोविन्द लामा, मनिता देवि गुरुङ, दीपक श्रेष्ठ र च्छोमो डजेल रहेका छन ।

त्यस्तै सल्लाहकार समितिमा कानुन व्यवसायी खगेन्द्र जिसी, डा विनोद शाह, नविन शेरचन, नवराज केसी, पासांग नुरु शेर्पा र जंग बहादुर बम छन ।गठित तदर्थ समितिले तीन महिना भित्र सदस्यता बितरण गरेर अधिवेशन गर्नेगरि अभियान शुरु गरेको छ । हालको लागि आइआरएसबाट ईआइएन लिएर व्यवसाय संचालन गरि रहेका व्यवसायीहरुले सदस्यता लिन सक्ने तदर्थ समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन ।


Facebook Comment


No ads found for this position