पर्यटन मन्त्रालयले आधा पनि खर्च गर्न सकेन बजेट

भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक वर्षको अवधिमा ४८.८२ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । मन्त्रालय र मातहतका निकायले आर्थिक वर्ष २०७९/८० मा १८ अर्ब ९८ करोड २० लाख रुपैयाँ बराबरको बजेट पाएका थिए ।
तर, आवको अन्त्यसम्म मात्र ९ अर्ब २६ करोड ६८ लाख रुपैयाँ मात्र खर्च हुन सकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत खर्च गर्ने गरी वित्तीय व्यवस्थामा सबैभन्दा धेरै १२ अर्ब ५ करोड ५३ लाख रुपैयाँ विनियोजन भएको थियो ।
पूँजीगत खर्च भने ३ अर्ब ८१ करोड ८ लाख विनियोजन भएकोमा खर्च २ खर्ब ५ करोड ११ लाख रुपैयाँ भएको छ । पूँजीगत खर्च ५३.८२ प्रतिशत मात्र भएको छ ।