ईन्जीनियर मानेन्द्रद्धरा झोला सहित शैक्षिक सामाग्री प्रदान

ईन्जीनियर मानेन्द्र चन्द ठकुरीले विद्यार्थीहरुलाई अतिआवश्यक पर्ने झोला सहित शैक्षिक सामाग्री प्रदान गरेका छन् । दैलेख जिल्ला नौमुले वडा नं ६ जन्मेका मानेन्द्रले हाल अमेरीमा रहेका छन् । उनले आफु जन्मेको गाँउपालीकाका विद्यालयहरुलाई पहिलो चरण अन्तगर्त झोला र शैक्षिक सामाग्री नौमुले गाँउपालीका प्रमुख छबी सुवेदीलाई दैलेखी सेवा समाज मार्फत प्रदान गरेका हुन् ।
एक कार्यक्रम विच दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले पहिलो चरण अन्तगर्त १ सय ३५ थान झोला सहित शैक्षिक सामाग्री हस्तानान्तरण गरेका छन् । नौमुले गाँउपालीका भित्र रहेका कक्षा १० मा अध्ययनरत सवै विद्यार्थीहरुलाई झोला र शैक्षिक सामाग्रा प्रदान गर्ने योजना रहेको मानेन्द्र चन्द ठकुरीले बताए ।


उनले भने पहिलो चरणमा नेरा मावी पैती, शिवशक्ती मावी सल्लेरी, नेरा मावी ठाँन्नडाडाँ, र अरनीको मावि गिरखानीमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरीएको बताए । कार्यक्रममा सामाग्री ग्रहण गर्दै गाँउपालीका प्रमुख छबी सुवेदीले भने धन भएर मात्र हुदैन मन पनी चाहिन्छ त्यही मनकारी मध्य एक हुन नौमुलेका मानेन्द्र चन्द ठकुरी । उनले कोभिडका समयमा समेत गाँउपालीकाका लागि आवश्यक बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको थियो ।

कोभिडका समयमा मात्र नभएर गाँउपालीकामा हरेक दुख सुखमा साथ दिनुभएकोे छ । उहाँको यस सहयोगी मनलाई नौमुले गाँउपालीका हृदय देखि धन्यवाद दिन चाहन्छु । कार्यक्रममा दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले मानेन्द्रले नौमुले गाँउपालीका मात्र नभएर कोभिडका समयमा सेवा समाज सग सहकार्य गरेर दैलेख जिल्लाभर बिभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गरीएको बताउनुभयो ।

 


Facebook Comment


No ads found for this position