पर्यटन प्रवर्द्धन गर्न मेची–महाकाली साइकल यात्रा
कात्तिक, झापा । पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले शनिबार बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् ।
मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर साइकल यात्रीहरुलाई बिदाइ गरेका छन् ।
सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले नेपालमा साइकल संस्कृतिको प्रोत्साहनको खाँचो रहेको धारणा राख्दै पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत रुपमा मेची–महाकाली साइकलयात्राको आयोजना गरिएको बताए ।
पूर्वी नाका काँकडभिट्टाबाट शनिबार बिहान ८ बजे सुरु भएको सो यात्रा शनिबार सुनसरीको इटहरी पुग्ने र दश दिनमा महाकाली पुगेर समापन हुने नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यले जानकारी दिए ।