पर्यटन मन्त्रालयसँग सम्बन्धित गुनासो अब भाइबर र ह्वाट्सएपमा पठाउन सकिने

कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित गुनासोहरु अब सर्वसाधारणले भाइबर र ह्वाट्सएपममा सिधै पठाउन सक्ने भएका छन् ।
मन्त्रालयले ९७६१७६८३१५ नम्बरको मोबाइलमा यस्तो गुनासो सिधै भाइबर र ह्वाट्सएपमा पठाउन सकिने जानकारी गराएको हो ।
मन्त्रालय र मातहतका निकायसँग कुनै गुनासो, उजुरी र सुझाव भएमा अब आम नागरिकले सिधै मन्त्रालयमा गुनासो गर्न सक्ने उनको भनाइ छ ।