Free Online 3 Line Slots: Aesthetic-wise, its website dons a simple and informative website where everything is laid into place.
  • Slots Plus Casino 100 Free Spins Bonus 2025 - A big green monster, into which an ordinary scientist turns, is Beast that is ready to destroy everything in its path.
  • Casinos In Edmonton United Kingdom: Magic Fruits 4 Deluxe is a slot machine by Wazdan.
  • Slot machine reel

    Yalla Casino Review And Free Chips Bonus
    Head to your account section and then to verify your account.
    Slots For Fun Free Play Australia
    Moreover, they are powered by some of the best slot suppliers in the industry, and for bingo players, it doesnt get much better.
    The bank or credit card issuer is actually paying the bill for you.

    Mummy free online slots

    Live Blackjack Online Uk
    In case you enjoyed our review of the gambling situation in Australia you can find many more subjects like this one in our online gambling in the AU overview.
    Free No Deposit Sign Up Bonus Australia
    Some strategies will tell you to hit 17 if the dealer has an Ace, but thats dependent on the players appetite for risk.
    Slot Chicken Bonanza By Snowborn Games Demo Free Play

    कालिञ्चोक आउने पर्यटक बढ्न थाले

    दोलखा– कालिञ्चोक आउने पर्यटक बढ्न थालेका छन् । धार्मिक तथा प्राकृतिक मनोरम दृश्यावलोकनको कारण कालिञ्चोक आउने पर्यटक पछिल्लो समय बढेका हुन् । काठामाडौंबाट १३० किलोमिटर पूर्वमा रहेको दोलखा सदरमुकाम चरिकोट पुगेपछि ५ किलोमिटर कालोपत्रे सडक र १२ किलोमिटर कच्ची सडकको यात्रापछि कुरी पुगिन्छ । कुरीमा बस्ने होटलहरू र खाना नास्ताका पसल पर्याप्त रहेका छन् ।

    पर्यटकहरू बढ्न थालेपछि अर्बौ लगानीमा ७० बढी होटल विस्तार भएका छन् । ती होटलमा स्थानीयहरूकै लगानी छ । विदाको दिन,चाडपर्वमा पर्यटकहरूको भीड लाग्छ । पर्यटक लक्षित होटलमा ५ हजार रुपैयाँसम्ममा एक रात बास बस्न सक्ने कालिञ्चोकका पुराना होटल व्यवसायी चन्द्र तामाङले बताए । ‘२५ वर्ष अघि मैले यहाँ होटल व्यवसाय सुरु गर्दा ३ वटा थियो, त्यो पनि कालिञ्चोक आउँनेलाई सामान्य बस्न खानाको व्यवस्था गरिन्थ्यो’ उनले भने, ‘छाप्रो होटल ५ वटासम्म पुग्यो, सडक यातायात खुलेसँगै ठूला लगानीका ७० भन्दा बढी होटल पुगिसक्यो ।’

    राम्रो लगानी गर्न सक्नेले करोडौं रुपैयाँ होटल क्षेत्रमा लगानी गरेका छन् । कतिले गाडी किनेर सेवा दिइरहेका छन् । तर, लगानी थोरै हुनेहरू पनि स्थानीय उत्पादनका सामग्री पर्यटकलाई बेच्ने कार्यमा लाग्न थालेका छन् । चौंरी पालन व्यवसायीहरू पनि अहिले चौंरी पाल्न छाडेर मन्दिर नजिकै पूजाका सामग्री र पर्यटकहरूको रोजाइमा पर्ने लेकाली जडिबुटी पदमचाल, वनस्पति धुप जस्ता सामग्री बिक्रीमा लागि परेका स्थानीयले बताएका छन् ।

    कालिञ्चोक मन्दिरसम्म पुग्न ठाडो उकालोमा कुरीदेखि केबलकार छ । केबलकारको रेकर्ड अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्यटक बढेका छन् । कालिञ्चोक दर्शन लिमिटेडका व्यवस्थापक तिलक दुलालका अनुसार आर्थिक वर्ष २०७९÷८० मा १ लाख ४६ हजार ३४७ जनाले केबलकार यात्रा गरे कालिञ्चोक दर्शन गरेका थिए । चालु आर्थिक वर्षको साउनदेखि मंसिरमध्येसम्म मात्रै ३६ हजारले केबलकार चढेका छन् ।

    तर केबलकारको क्षमता कम भएकाले बिदाको सिजनमा हिडेर दर्शन गर्नेको संख्या पनि उत्तिकै रहेको छ । हिड्नेहरूका लागि घ्याङडाँडासम्म गाडी जाने सडक रहेको छ । त्यहाँबाट हिड्न अलि कठिन बाटो छ । ९ सय मिटर लामो केबलकारको भाडा ६ सय रुपैयाँ लिने गरिएको छ । नियमन निकाय कमजोर हुँदा अन्यत्रको तुलनामा कालिञ्चोक केबलकारको भाडा अत्यधिक महँगो भएको दर्शनार्थीहरूको गुनासो छ । चन्द्रागिरि, मनकामना, अन्नपूर्ण केबलकारले तीन किलोमिटर दुरीको ७ सय रुपैयाँ लिने गरेका छन् ।

    कालिञ्चोक आउने पर्यटकहरूको रोजाइमा चांैरीको घिउ, छुर्पी जस्ता स्थानीय उत्पादन नै बढी रोजाइमा पर्ने हुँदा स्थानीयको व्यापार पनि त्यस्तै खालका रहेका छन् । कालिञ्चोकमा पर्यटकहरू धेरै आउने गरे पनि सडक व्यवस्थित हुनु पर्ने होटल व्यवसायी नवीन खड्काको भनाइ छ । देउरालीदेखि कुरीसम्मको सडक बन्दै गरेकोले केही ठाउँमा पानी परेको बेला अप्ठ्यारो हुने गरेको छ । सडकका पुराना सोलिङ बिग्रेको र ढलानसँगैको सोलिङ बिग्रिदा यात्रुले सास्ती भोग्नु पर्ने अवस्था कायमै छ ।

    कालिञ्चोकबाट हिमालको दुरी नजिकै पर्ने हुँदा अवलोकन गर्न सहज रहेको छ । हिउँ परेका बेला हिउँ खेल्न पाइने भएकाले पनि पर्यटकहरूको रोजाइमा यो क्षेत्र पर्ने गरेको छ । दशैं–तिहार र विदाको दिन पर्यटकको घुइँचो लाग्ने कालिञ्चोकमा पछिल्लो समय भारतीय, बंगालादेशी र श्रीलंकन पर्यटकहरू आउने गरेका होटल त्रिपुराका सञ्चालक चन्द्र लामाले बताए ।


    Facebook Comment


    No ads found for this position