मंसिर, काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायहरुमा सचिव सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ ।
पर्यटनमा कोशी प्रदेशका प्रमुख सचिव दीपक काफ्ले सरुवा भएका छन् । साउन २०७९ मा सचिव भएका उनी पहिलो पटक सचिवका रुपमा सिंहदरबार प्रवेश गर्दैछन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिँचाइ सचिव गोपाल सिग्देल सोही मन्त्रालयको ऊर्जा सचिवमा सरुवा भएका छन् । अरु पनि केही सचिव सरुवाको सूची तय भए पनि केही मिलाउनुपर्ने भन्दै विवरण सार्वजनिक गरिएको छैन । खानेपानी मन्त्रालयका सचिव रामआधार साहलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाउने तयारी छ । सत