नेपालकै सबैभन्दा लामो जिपलाइन सञ्चालनमा

भक्तपुरको नगरकोटमा नेपालकै सबैभन्दा लामो जिपलाइन सञ्चालनमा आएको छ।

चाँगुनारायण नगरपालिका-६ र ७ मा  २ हजार २५० मिटर लामो जिपलाइन शुक्रबारदेखि संञ्चालनमा आएको हो।

नगरकोटमा केदार थापा, प्रेम बहादुर बस्नेत लगायतको समूहले उक्त जिपलाइन सञ्चालन गरेका हुन्।

नेपालमा आउने पर्यटकहरूमध्ये ९० प्रतिशत नगरकोट आउने भएकाले उनीहरूलाई लक्षित गरी जिपलाइन सञ्चालनमा ल्याइएको थापाले बताए। जिपलाइन बनाउन १५ करोड रूपैयाँभन्दा बढी खर्च भएको उनले बताए।

यसअघि पोखराको जिपलाइन नेपालकै सबैभन्दा लामो जिपलाइनका रूपमा स्थापित थियो।


Facebook Comment


No ads found for this position