तस्बिरमा हुम्लाको तोतङरी ल्होछार
अवीनाश लामा/हुम्ला
हिमाली क्षेत्रमा बसोबास गर्ने लामा तथा ब्यासी समुदायको तोतङरी ल्होसार अर्थात् नयाँ वर्ष २१५१ गएको बुधबारबाट सुरु भएको छ । पुसशुक्ल प्रतिप्रदाका दिनदेखि मनाउने गरे पनि तोतङरी ल्होछार यस वर्ष मंसिरमै परेकाले बुधबारबाट विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यो पर्वमा विशेषगरी पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत गरिन्छ ।
ल्होछारको तेस्रो दिन अर्थात गत शुक्रबार हुम्ला सदरमुकाम सिमकोटमा बसोबास गर्ने सबै लामा समुदाय लामा सांस्कृतिक मञ्च सिमकोटमा रहेको गुम्बामा जम्मा भएर पूजाआजा गरी लिंगो ठड्याउने ९लामा भाषामा लेखिएका ध्वजापतका लगाएको काठ गाड्ने० आ–आफ्नो सांस्कृतिक तथा रीतिरिवाजअनुसार बाजागाजा र झाँकीसहित गीत गाउँदै नाच्दै रमाइलो गर्दै सामुयिक रूपमा यो पर्व मनाएका हुन् । विविधताले भरिएका पर्वले हामी नेपालीको संस्कृति संरक्षण गर्नुका साथै भाइचाराको भावना बढ्ने हुम्लाका लामा समुदायका अगुवाहरुको भनाइ छ ।
ल्होतर पात्रोअनुसार बुधबारदेखि खरायो वर्ष पूरा गरी ड्रागन ९देउ० वर्ष प्रवेशसँगै हिमाली क्षेत्रमा बसोबास गर्ने लामा तथा ब्यासी समुदायको नयाँ बर्ष तोतङरी ल्होछार सुरू भएको हो । हरेक वर्ष पुस शुक्ल प्रतिपदाबाट विभिन्न कार्यक्रम गरी तोतङरी ल्होसार पर्व मनाइने गरिए पनि यस वर्ष भने ल्होतर पात्रो ९लामा समुदायको पात्रो० अनुसार मंसिरमै यो पर्व मनाउनु परेको लामा सांस्कृतिक मञ्च हुम्लाका अध्यक्ष धर्मनन्द लामाले बताए ।
हिमाली क्षेत्रमा बसोबास गर्ने पूर्वी नेपालको सोलुखुम्बुदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको डिघर्चीसम्मका लामा भोटे र ब्यासी समुदायले मनाउने यो पर्व वसन्त पञ्चमीसम्म मनाइने उनले बताए ।
ल्होछार पर्वलाई मुसा, हात्ती, बाघ, खरायो, ड्रागन ९देउ०, सर्प, घोडा, बाँदर, चरा, कुकुर, सुँगुर र भेडा गरी १२ वर्गमा विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले लामा तथा ब्यासी समुदायलाई प्रकृतिपूजकका रूपमा पनि चिन्ने गरिन्छ ।