Fezbet Casino Review And Free Chips Bonus: The majority of the titles are video pokies but many are progressive jackpot games, branded pokies inspired by TV shows, etc.
  • Naudapay Casino Review And Free Chips Bonus - The bonus has rather player-friendly terms and conditions, so it is likely to give you more chances of winning big, especially if you can afford to go for the full amount.
  • Casino Slots Strategy: But this is not all features of the online game Candy and Fruits.
  • Real time poker solver

    Opap Casino Bonus Codes 2025
    This game uses a 5x4 reel grid and features special features like multi-denomination, a Double Up bonus and wild icons.
    5 Reel Slots Free
    This is because RubyBet features a cool sidebar that is organised according to the sport that youre looking for, you can simply browse through the categories relating to football, cricket, tennis and so on.
    Following the fast and simple procedure for registering your free account, Champion provides you with a 200% New Player Bonus-as high as ?300-soon after you are making the first deposit.

    Free slot games without money

    Live Dealer Casino Online Uk
    The medium paying symbols consist of a gold-plated chair, an urn filled with gold and an adorable necklace.
    Yako Casino Bonus Codes 2025
    Neither of these is major problems, though, so why not give Vegaz a try for yourself.
    American Roulette Glasgow Uk

    कञ्चनजंघा र तिम्बुङ चिनाउँदै दुई तन्नेरी

    पर्वत पोर्तेल

    झापा — बिर्तामोडका ३१ वर्षीय अमिर राई डेढ दशकयता ट्रेकिङ गाइडका रूपमा भविष्य खोजिरहेका छन् । ताप्लेजुङको विकट गाउँ थुम्बेदिनमा जन्मिएका अमिर ५ वर्ष हुँदा परिवारसहित झापा झरेका थिए । १२ कक्षा उत्तीर्ण भएपछि उनी थप अध्ययनका लागि काठमाडौं उक्लिए । काठमाडौंमा डेराको बसाइ । खानपानदेखि अध्ययनसम्म खर्च उत्तिकै थियो ।

    घरबाट आउने सातु चामलले थेग्न छाडेपछि जागिर खोज्न निस्किए उनी । ताप्लेजुङकै मितेरी साइनोका एक जना बाजेको सम्पर्कपछि उनी ट्रेकिङ एजेन्सीसँग जोडिए ।

    ‘घुम्न पनि पाइने, दुई–चार पैसा पनि कमाइ हुने भएपछि ट्रेकिङ गाइडमा जोडिन पुगें,’ अमिरले सुनाए, ‘त्यही बेलादेखि ट्रेकिङमा रस भिज्यो ।’ सन् २०११ देखि फुट टाइमर ट्रेकिङ गाइडका रूपमा कार्यरत उनले गाइडकै दौरान अंग्रेजी र हिन्दी भाषा सिक्ने मौका पाए । रुसी, स्पेनिस, इटालियन र जर्मन भाषा सिक्ने मौका त थियो तर त्यसमा त्यति बल गरेनन् । कारण, युरोपेली पर्यटकलाई अंग्रेजी भाषा बोल्दा पर्याप्त हुन्थ्यो ।

    काठमाडौंका दर्जन बढी ट्रेकिङ एजेन्सीमा काम गरेका अनुभवी अमिर कोभिड अघिसम्म स्वतन्त्र ट्रेकिङ गाइड थिए । जब कोभिडले सिंगो व्यवसायमा धावा बोल्यो, त्यसपछि काठमाडौं छाडेर झापा ओर्लिए । त्यही बेला भर्खरै काठमाडौंबाट फर्किएका उस्तै पेसामा संलग्न २८ वर्षीय मनोज बस्नेतसँग उनको भेट भयो । ५ वर्ष अघिदेखि ट्रेकिङ व्यवसायसँग जोडिएका बिर्तामोडका मनोज र अमिरको भेटपछि जन्मियो, ट्रेक ८५८६ नामक ट्रेकिङ एजेन्सी ।

    ‘हामी दुवैलाई जुटाएर नौलो काम गर्ने मौका कोभिडले नै दिएको हो,’ मन्द मुस्कान छर्दै मनोजले भने, ‘कोभिड महामारी नभइदिएको भए न हाम्रो भेट हुन्थ्यो, न त नयाँ योजनासहित सँगसँगै काम गर्ने अवसर ।’ ट्रेकिङ गाइडका यी अनुभवीको मुख्य मिसन कञ्चनजंघा नै हो । त्यही भएर उनीहरूले एजेन्सीको नाम पनि कञ्चनजंघाको उचाइलाई आधार मानेर जुराएका छन् । कञ्चनजंघालाई केन्द्रमा राखेर स–साना चुचुराको प्रवर्द्धनमा पनि यी दुई जुटेका छन् ।

    कञ्चनजंघा र तिम्बुङ चिनाउँदै तन्नेरी

     

    ‘कञ्चनजंघा चढ्न आउने विदेशीको संख्या बर्सेनि बढिरहेको छ,’ मनोज भन्छन् । उनका अनुसार गत वर्ष ६७ आरोहीले कञ्चनजंघा चढेका थिए । सर्वोच्च शिखर सगरमाथा चढ्नुअघि धेरैजसो विश्वको तेस्रो शिखर कञ्चनजंघा चढ्ने मनसाय राख्छन् । ‘आरोहीले सगरमाथा चढ्ने अभ्यासका लागि ६ हजार मिटरसम्मका चुचुरो चढ्न खोज्छन्,’ मनोजले थपे, ‘हिमाललाई चिन्न । हिमाल चढ्दा चाहिने सामानहरू पहिचान गर्न र अभ्यासका लागि कञ्चनजंघा चढ्न चाहन्छन् ।’

    नेपालतिर कञ्चनजंघाको दुई वटा बेसक्याम्प छन् । उत्तरी बेसक्याम्प धुन्सातिरबाट जान सकिन्छ । दक्षिणतिर याम्फुदिन हुँदै पुरानो ट्रेल ओक्ताङको बाटो बेसक्याम्प पुगिन्छ । तर, साउथ बेस क्याम्पमा स्तरीय होटलको अभाव छ । त्यहाँ स्तरीय होटल सञ्चालनको परिकल्पना पनि उनीहरूसँग छ । यालुम भन्ने ठाउँमा आगामी वर्ष होटल सुरु गर्ने लक्ष्य छ । कञ्चनजंघाको प्रवर्द्धनमा जुटेका मनोजले थपे, ‘कञ्चनजंघा इज न्यु एभरेस्ट भन्न थालिसकिएको छ ।’

    सगरमाथाका पुराना ट्रेकिङ रुटहरूमा सडक निर्माणले ट्रेलहरू छोटिन थालेका छन् । विगतमा १८, २० दिन लाग्ने ट्रेल, अचेल १०, १२ दिनमा सकिन थालेको छ । ‘विदेशीहरू रोड हेर्न आउँदैनन्, उनीहरू हिँड्न आउने हुन्,’ अमिर थप्छन्, ‘त्यही भएर कञ्चनजंघामा धेरै सम्भावना हामीले देखेका छौं ।’ शान्त र सफा खोज्ने विदेशी आरोहीका लागि अब कञ्चनजंघा उत्तम विकल्प रहेको उनीहरूको भनाइ छ । ‘एभरेस्टमा आरोहीको चापसँगै फोहोर व्यापक बढेको छ जसले सगरमाथाको स्वच्छतामै शंका पैदा गर्न थालेको छ,’ अमिर भन्छन् ।

    उनीहरूले कञ्चनजंघा बेसक्याम्पसम्मको ट्रेकिङ प्याकेज १६ दिनको बनाएका छन् । गाडी, खान–बस्न र गाइड सुविधासहित ५० हजारमा उनीहरूले आन्तरिक पर्यटक घुमाइरहेका छन् । विदेशीलाई भने यो रुट केही महँगो पर्नेछ ।

    कञ्चनजंघासँगै तिम्बुङ पोखरीको प्रवर्द्धनमा पनि यी तन्नेरी जुटेका छन् । सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा पर्छ तिम्बुङ पोखरी । यो पाँचथर र ताप्लेजुङको सीमा क्षेत्रमा पर्छ । जसले ताप्लेजुङ र पाँचथरलाई छुट्याउँछ । पोखरी दुवै जिल्लाको आधा–आधाजस्तो छ । ‘ताप्लेजुङ तिरको रुट बढी चलिरहेको छ,’ मनोजले भने, ‘किनभने त्यताबाट दूरीका हिसाबले चाँडो पुग्न सकिन्छ पाँचथरबाट भन्दा ।’

    तिम्बुङ पोखरीमा यसअघि आन्तरिक पर्यटकको मात्रै चाप हुन्थ्यो । खासगरी धार्मिक पर्यटकको भर थियो । अहिले विदेशीको पनि चाप बढ्न थालेको छ । पहिला गोठमा मात्रै बस्नुपर्थ्यो । सातु चामल बोकेर जानुपर्ने अवस्था थियो । अहिले ४ हजार २ सय मिटरको उचाइमा होटल खुलेपछि आन्तरिक र बाह्य दुवै पर्यटकको चाप बढेको छ । हिउँदमा हिउँ खेल्ने, असार साउनमा हरियाली र केन्जो भन्ने फूल हेर्न पर्यटक ओइरिन्छन् । ‘होटल निर्माणपछि पर्यटक आगमनमा ठूलो प्रभाव परेको छ,’ अमिर भन्छन्, ‘गाउँपालिकाले होमस्टे पनि सुरु गरेका कारण पर्यटकलाई थप सजिलो भएको छ ।’

    पाँचथरमा जन्मिएका मनोज झ्यालबाटै सधैं नियाल्थे कञ्चनजंघा हिमाल । सानैदेखि उनमा कञ्चनजंघाप्रतिको मोह बढ्दै गएको सुनाउँछन् । सँगै तिम्बुङ पोखरीको सुन्दरताले पनि मोहित थिए । पुग्नचाहिँ सात वर्षअघि मात्रै पुगे तिम्बुङ पोखरी । त्यहाँ पुगेर फर्किएपछि उनको दृष्टिकोण नै फेरियो । अनि लाग्यो, ‘यस्तो सुन्दरता मैले मात्रै हेरेर हुँदैन, अरूलाई पनि देखाउनुपर्छ भन्ने ।’ अद्भुत सुन्दर पोखरीको प्रवर्द्धनमा जुट्नुपर्छ भन्ने सोचेर तिम्बुङ पोखरी ट्रेक डिभाइन भन्ने फेसबुक पेज सुरु गरे । सामाजिक सञ्जालमा चर्चा हुन थालेपछि पोखरी जान चाहने पर्यटकहरूले चासो व्यक्त गर्न थालेको उनी बताउँछन् ।

    ‘तिम्बुङ नजिकै भएकाले कञ्चनजंघा पनि घुम्न सजिलो छ,’ मनोजले थपे, ‘कञ्चनजंघा र तिम्बुङ पोखरीलाई एकैसाथ प्रवर्द्धन गर्न हामी जुटेका छौं ।’ ‘इकोनमिक बेनिफिट अफ इको टुरिजम इन कञ्चनजंघा कन्जरभेसन एरिया’ विषयमा थेसिस पूरा गरेका उनलाई कञ्चनजंघा उपेक्षामा परेको लाग्छ । ‘भारतले कञ्चनजंघालाई भरपुर सदुपयोग गरिरहेको छ,’ उनी भन्छन्, ‘भारतले देख्ने कञ्चनजंघाको पिठ्यूँ मात्रै हो । सुन्दर मुहार हेर्न नेपाल नै आउनुपर्छ ।’ साभार कान्तिपुर

     


    Facebook Comment


    No ads found for this position