कीर्तिमानी आरोही
काठमाडौँ — सन् १९८६ मा (अक्टोबर १६) मा पर्वतारोही रेइनहोल्ड मेसनरले आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहणको कीर्तिमान बनाएका थिए ।
इटालीका पर्वतारोही मेसनरले नेपालको लोत्से हिमालको आरोहणसँगै उक्त कीर्तिमान कायम गरेका हुन् । १९४४ सेप्टेम्बर १७ मा इटालीको ब्रिक्सटनमा जन्मिएका मेसनरले २६ वर्षको उमेरमा पाकिस्तानको ‘नङ्गा पर्वत’ बाट आरोहण सुरु गरेका हुन् ।
१९७८ मा पुनः नङ्गा पर्वतको आरोहण गरेका मेसनरले सोही वर्ष अस्ट्रियाका पिटर हबेलरसँगै पहिलो पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । १९८० मा उनले फेरि अक्सिजनबिना नै एक्लै सगरमाथा चढेका थिए ।