आइतबार ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ हुने

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ गर्ने भएको छ।

परिषद्ले पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीहरुलाई मध्यनजर गरेर ठमेलको पर्यटन प्रवर्द्धनका लागि सडक महोत्सव आयोजना गरेको बताए ।

अंग्रेजी नयाँ वर्षको कार्यक्रममा आन्तरिक तथा बाह्य गरी १ लाख ८० हाजार दर्शक ठमेल भित्र्याउने अपेक्षा आयोजकको रहेको छ । दर्शकहरूको व्यवस्थापनका लागि पनि आवश्यक तयारी गरिसकेको आयोजकले जानकारी दिएको छ ।नयाँ वर्षको कार्यक्रम विगतका भन्दा फरक र ठूलो हुने उनले स्पष्ट पारे । ठमेललाई रातभर सञ्चालनमा ल्याउन सरकारले पहल गर्नुपर्ने शर्माले बताए । रातिको समयमा ठमेलमा सपिङ्ग गर्न सक्ने वातावरण सृजना गर्नुपर्ने उनले जानकारी गराए ।‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ २०८० साल पुस १५ गते आइतबार ठमेल केशरमहल सञ्चयकोष अगाडि साँझ ५ः३० बजेबाट सुरु भई रातीको १२ः३० सम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने आयोजकले जनाएको छ ।


Facebook Comment


No ads found for this position