भिटोफ नेपालद्धारा बाग्लुङका पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन भम्रण

गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल(भिटोफ नेपाल) का अध्यक्ष गोपाल थापाको नेत्तृवमा गएको हप्ता बाग्लुङ जिल्लाको पर्यटकीय सम्भावनाका बिषयमा अध्ययन अवलोकन भम्रण गरेको छ।
अध्यक्ष थापाको नेत्तृवामा पुस ११ गतेदेखि सुरु भएको अध्ययन अवलोकन भम्रण १५ गते सम्पन्न भएको थियो । भ्रमणको क्रममा बाग्लुङ जिल्लामा अवस्थित धार्मिक, ऐतिहासीकका साथै प्राकृतीक सम्पदाको अवलोकन गरेको थियो । अवलोकनका क्रममा टोलीले स्थानिय सग छलफल समेत गरेको थियो । टोलीले बाग्लुङको कालिका मन्दिर, पञ्चकोट, सालग्राम संग्रहालय, रामकोट त्रिपुरेश्वर मन्दिर, गल्कोट, बुर्तिबाङ, ढोरपाटन, जलजला एव गर्पे देउराली, दहखर्क र फुस्रे देउरालीसम्म टोलि पुगेको थियो ।

अध्ययन अवलोकन टोलीमा प्रा डा प्रेम शर्मा, पर्यटन अभियन्नता एव यात्राका संयोजक अग्निधर कंडेल, पर्यटन व्यवसायी एव भिटोफका पूर्व अध्यक्ष बोधराज भण्डारी, पत्रकार केपी गौतम, उत्तम आचार्य, छवीलाल श्रेष्ठ, पर्यटनकर्मी खगराज आचार्य, नियात्राकार राजेन्द्रमान डङ्गोल लगायतका सदस्यहरू सहभागी थिए । सो यात्राको व्यवस्थापन ढोरपाटन पर्यटन विकास संस्था तथा यात्रा संयोजक अग्नीधर कंडेलले गरेका थिए ।

त्रिपुरेश्वर मन्दिर,रामकोट
दहखर्क

कालिका मन्दिर


Facebook Comment


No ads found for this position