‘एनिमल’ टिमलाई सगरमाथा बेसक्याम्पमा ब्रेकफास्टको निम्तो

काठमाडौं । फिल्म ‘एनिमल’को बक्स अफिस सफलताको पार्टी मनाउन नेपालमा एनिमल फिल्मका वितरक निरज पौडेल मुम्बईमा पुगेका छन् । कार्यक्रममा सहभागी हुदै नीरजले फिल्मका निर्माता भूषण कुमार, अनिल थडानी, निर्देशक भांगा, कलाकारहरु रणवीर, बबी देओल, रश्मिका मन्दाना, अनिल कपुर लगायतलाई विश्वको सर्वोच्च शिखर सगरमाथा शिविरमा ब्रेकफास्टको निम्तो समेत दिएका छन् ।
पौडेल भन्छन् आउँदो फिल्मको छायांकनको एभरेस्टमा ब्रेकफास्टसँगै फिल्मको सुटिङ गर्न आउन आग्रह गरेको छु । उहाँहरु आउन उत्साहित हुनुहुन्छ । हामीले सुटिङमा सघाउन तयार छौं भने ।

उनीहरुले नेपालबाट एनिमलको राम्रो प्रतिक्रिया आएकोमा खुसी समेत साटेका थिए । ‘ए रेटेड फिल्म र त्यसमा पनि बिदा नभएको दिनमा रिलिज भएपनि नेपालबाट राम्रो प्रतिक्रिया आयो र कमाइ गर्‍यो । हामी खुसी छौं,’ निर्माता भूषण कुमारको भनाइ उध्दृत गर्दै पौडेलले मुम्बईबाट भने ।

गत डिसेम्बर १ मा रिलिज भएको ‘एनिमल’ले नेपालमा समेत उत्कृष्ट कमाइ गरेको थियो ।

Animal Movie Cast Dazzles in Unique Styles at Media Q&A Session | Animal  Movie Cast Dazzles in Unique Styles at Media Q&A Session

 


Facebook Comment


No ads found for this position