भिटोफ नेपालद्धरा बाग्लुङका पर्यटन विकासका लागि छलफल

गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल(भिटोफ नेपाल)  बाग्लुङ जिल्लाको पर्यटकीय सम्भावनाका बिषयमा अध्ययन अवलोकन भम्रण पश्चात सरोकार निकाय तथा बाग्लुङका पर्यटन अगुवा सग काठमाण्डौमा छलफल गरेको छ। धार्मिक ऐतिहासीक , साहसीक तथा प्राकृतीक सुन्दरताको अथाह सम्भावना भएर पनी जती प्रचार प्रसार तथा पर्यटकीय गन्तब्य बन्नु पर्ने हो त्यती बन्न नसकेका भन्दै अन्तरक्रिया तथा यात्राको क्रममा अनुभव आदन प्रदान गरेको छ ।
भ्रमणको क्रममा बाग्लुङ जिल्लामा अवस्थित धार्मिक, ऐतिहासीकका साथै प्राकृतीक सम्पदाको अवलोकनका क्रममा भएको अनुभवहरुका साथै फोटो र भिडियो प्रस्तुत गरिएको थियो ।


छलफल कार्यक्रममा टानका प्रथम उपाध्यक्ष प्रदिप पण्डीत, महासचिव विनोद सापकोटा, ठमले पर्यटन विकास समितिका अध्यक्ष भवि शर्मा, अध्ययन अवलोकन टोलीमा प्रा डा प्रेम शर्मा, भिटोफ नेपालका सदभावनादुत भरतबन्धु थापा,पर्यटन अभियन्नता एव यात्राका संयोजक अग्निधर कंडेल, पर्यटन व्यवसायी एव भिटोफका पूर्व अध्यक्ष बोधराज भण्डारी, पत्रकार केपी गौतम, उत्तम आचार्य, छवीलाल श्रेष्ठ, पर्यटनकर्मी खगराज आचार्य, नियात्राकार राजेन्द्रमान डङ्गोल पर्यटन ब्यबसायीहले बाग्लुङको पर्यटकीय सम्भावना र चुनौतिका बिषयका धारण ब्यक्त गर्नुभएको थियो ।

भिटोफ नेपालका अध्यक्ष गोपाल थापाको नेत्तृवामा पुस ११ गतेदेखि सुरु भएको अध्ययन अवलोकन भम्रण १५ गते सम्म बाग्लुङको कालिका मन्दिर, पञ्चकोट, सालग्राम संग्रहालय, रामकोट त्रिपुरेश्वर मन्दिर, गल्कोट, बुर्तिबाङ, ढोरपाटन, जलजला एव गर्पे देउराली, दहखर्क र फुस्रे देउरालीसम्म टोलि पुगेको थियो ।


Facebook Comment


No ads found for this position