प्यूठानको मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ सञ्चालको तयारी

स्वर्गद्वारी। प्यूठानको मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ। पर्यटकीयस्थलको प्रवद्र्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’े निर्माण गरिएको हो।
मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रालिले एक करोड रुपैयाँ लागतमा जिपलाईन निर्माण गरेको हो ।

मल्लरानी गाउँपालिका–४ का धाइरेचौर सामुदायिक वन र पालेवन सामुदायिक वन क्षेत्रमा जिपलाइन निर्माण गरिएको नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षसमेत रहेका अध्यक्ष इमानसिंह भारतीले बताए।‘एक करोड लागतमा निमार्ण सम्मपनके अन्तिम चरणमारहेको जिपलाइनको दूरी छ सय ५० मिटरको छ। भारतीले भने,“जिपलाइनको निर्माणले मल्लरानी क्षेत्रमा पर्यटनको आगमन वृद्धिको विश्वास छ।” जिपलाइनमा दैनिक दुई सयजना बढीले खेल्न सकिनेछ। जिपलाइनको औपचारिक उद्घाटनको तयारी भइरहेको अध्यक्ष भारतीले बताए ।


Facebook Comment


No ads found for this position