आन्तिरक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ

चितवन- पर्यटकीय नगरी सौराहामा जारी १८ औं फुड फेस्टिवलसगैं यहाँ घुम्न आउने विदेशी पर्यटकको संख्या बढेको छ । भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस लक्षित १८ औँ संस्करणको फुड फेस्टिवलसगैँ आन्तिरक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका ८० प्रतिशत होटल बुक भएका छन् ।

मुलुककै प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा भुकम्प, नाकावन्दी, सडक समस्या र कोरोना माहामारीका कारण सुस्ताएको बेला अहिले पर्यटन व्यवसायमा लय फर्किएको उनीहरुले बताएका छन् । ‘सौराहामा पर्यटक लक्षित कार्यक्रम गरेर आन्तरिक पर्यटक भित्र्याउने चलन थियो’ रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनका अध्यक्ष धुव्र गिरीले भने,‘यो समयमा स्वदेशीसगैँ विदेशी पर्यटकहरुको चाँप देख्दा हामी उत्साहित भएका छौं ।’

उनले सौराहामा नयाँ प्यकोज विकास गर्न लायन्स डेनदेखि बसपार्क जाने सडकलाई डालो लाईट जडान गरी नाईट म्यूजिकल लाइफको रूपमा विकास गर्न १८ औं फुड फेस्टिवलको स्थान चयन गरेको स्पष्ट पारे । अब सौराहामा नाईट लाइफ हेर्न बसपार्क साईड, प्रकृतिक सौन्र्दयमा रमाउन रिभर साईड एरियालाई सौन्दर्यकरण गर्ने रेवानले घोषण गरेको बताउँदै फुड फेस्टिवल लगतै काम सुरु गर्ने स्पष्ट पारे ।

अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको संख्यामा कम हुन्छ कि भने चिन्तामा रहेका सौराहाका पर्यटन व्यवसायीलाई फुड फेस्टिवलको माहोलसगैँ पर्यटकीय चलहपहलले निकै उत्साहित बनाएको छ । स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्दै जाँदा सुस्ताउँदै गरेको सौराहाको पर्यटन पुनः पुरानै लयमा फर्किनु राम्रो संकेत दिएको पर्यटन व्यवसायी वासु ढुंगानाले बताए ।

सौराहाका रेष्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको चाप पनि बढेको रेवानका महासचिव नविन नेपालले बताए । ‘सौराहाको पर्यटन पुरानै लयमा फर्किएको छ,’ उनले भने,‘आशाको नयाँ किरणसगैँ पुराने लयमा ल्याउन सफल भयौँ, यो हाम्रो सफलता हो । सौराहामा पर्यटक बढाउन प्रचारप्रसार अभियान लिएर देश विदेश जाने ‘घुमौँ सौराहा अभियान’ लिएर चीन र भारतका विभिन्न ठाउँ र पश्चिम नेपाल जाने योजना रहेको अध्यक्ष गिरीले जानकारी गराए ।

नेपालको सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको संख्या बढ्न नसकेको र हवाई यातायात पनि महँगो भएको व्यवसायीहरुको गुनासो थियो । सौराहामा मात्र साना–ठूला गरी एक सय ४० बढी होटल छन् । पश्चिम चितवनको जगतपुर र मेघौलीमा समेत सुविधा युक्त होटल छन् । दैनिक ७ हजार बढी पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । नयाँ लगानीमा समेत होटल तथा रेष्टुराँ खुल्ने क्रम जारी छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिंगे गैंडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् ।

जंगल सफारी गर्ने, नदीमा डुंगा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको लालाहित हुने गर्छन् । सौराहा मात्र होईन् यतिवेला निकुञ्जसगँ जोडिएको सौराहा, पटिहानी, जगतपुर, मेघौलीलगायतका स्थानमा समेत पर्यटकको आगमन बढेको चितवन निकुञ्जले जनाएको छ । सो क्षेत्रमा पर्यटक आउँदा निकुञ्जको गोही प्रजनन् केन्द्र र हात्ती सफारीमा चाप बढेको छ । गत वर्ष निकुञ्जमा स्वदेशी तथा विदेशी गरी करिब तीन लाख पर्यटकले भ्रमण गरेका थिए ।


Facebook Comment


No ads found for this position