क्यानडा नेपाल पर्यटन, संस्कृति तथा व्यापार केन्द्रले देशब्यापाी यौन शिक्षा तथा महिनावारीमा सम्वन्धी अभियान सुरुवात गर्यो
धादिङ । क्यानडा नेपाल पर्यटन, संस्कृति तथा व्यापार केन्द्रले देशब्यापाी किशोरकिशोरीका लागि यौन शिक्षा तथा महिनावारीमा अपनाउनुपर्ने सावधानी सम्वन्धी अभियान संचालन गरेको छ । निलकण्ठ नगरपालिका धादिङबेसीबाट अभियान सुरु अभियानका परिकल्पनाकार तथा क्यानडा नेपाल पर्यटन, संस्कृति तथा व्यापार केन्द्रका अध्यक्ष नर बहादुर टण्डनले बताए ।
केही दिन अघि निलकण्ठ नगरपालिका धादिङबेसीबाट नगरपालीका प्रमुख एवं नेपाल नगरपालिका संघको अध्यक्ष भिमप्रसाद ढुङगानाको अगुवाईमा प्रशिक्षण अभिमुखीकरण कार्यक्रम गरिएको थियो । कार्यक्रममा फिजिसियन डा सुरेन्द्र विक्रम बस्नेत र स्त्रीरोग विशेषज्ञ डा कविता अधिकारीले प्रशिक्षण दिनुभएको थियो भने लुम्बिनी प्रदेशसभाका पुर्व सदस्य निर्मला क्षेत्रीले अभियानको सफल्ताको शुभकामना प्रदान गर्नु भएको थियो ।
अभियान तथा अभिमुखीकरणको सुरुवात निलकण्ठ नगरपालिका धादिङका चार वटा विदयालयमा दिइएको थियो । क्यानडा नेपाल पर्यटन, संस्कृति तथा व्यापार केन्द्रका अध्यक्ष नर बहादुर टण्डनले भने देशभरका सातैवटा प्रदेशमा प्रशिक्षणका प्रशिक्षकहरु तयारी अवस्थामा रहेका छन् हामी नगरपालीका तथा वि दिनका साथि अभिकेन्द्रका प्रतिनिधि छ ।