यती एयरलाइन्स र तारा एयरका समेत अध्यक्ष रहेका लाक्पा सोनाम शेर्पाबारे लेखिएको आत्मकथा ‘हिम्बु’ सार्वजनिक

काठमाडौं । पर्यटन व्यवसायी एवं पर्वतारोही लाक्पा सोनाम शेर्पाबारे लेखिएको आत्मकथा ‘हिम्बु’ सार्वजनिक गरिएको छ । पहिलो सगरमाथा आरोहण दलका एक मात्रै जिवित सदस्य कान्छा शेर्पाले सो पुस्तक आइतबार लोकार्पण गरेका हुन् ।

हिम्बुमा शेर्पाले आफ्नो परिवारले कसरी देशको पर्यटन र उड्डयन व्यवसाय सञ्चालन गर्न के कस्ता संघर्ष गर्नुपर्यो ? सो कुरा वर्गन गरिएको छ । हिम्बुको अर्थ हिमालको छोरो हो । यती समूहका अध्यक्ष शेर्पाले सात महादेशका सात सर्वोच्च शिखरहरु आरोहण गरिसकेका छन् ।

यती एयरलाइन्स र तारा एयरका समेत अध्यक्ष रहेका शेर्पाको लगानी रहेको हिमालय एयरलायन्सले अन्तर्राष्ट्रिय उडान गर्छ । उनको होटल तथा रिसोर्टसहित पर्यटन क्षेत्रमा ठूलो लगानी रहेको छ


Facebook Comment


No ads found for this position