पुम्दीकोटमा एकै दिन १५ हजार बढी पर्यटक

पोखरा– पोखराको नयाँ पर्यटकीय एवं धार्मिक तिर्थ स्थल पुम्दीकोटमा एकै दिन १५ हजार बढी पर्यटक आएका छन् । पोखरा–२२ पुम्दीकोटामा रहेको बिशाल महादेवको मुर्ति परिसरमा शिवरात्रीको दिन वर्षकै सबै भन्दा बढी दर्शनार्थी तथा पर्यटकहरु भित्रिएको पुम्दीकोट विकास संस्थाका अध्यक्ष एवं उद्योगपति चन्द्रकान्त बरालले बताए ।

शिवका भक्तहरुले पुम्दीकोटमा दर्शन गर्न तथा दूध चढाउन एवं दृश्यावलोकनको लागि वर्षकै सबैभन्दा धेरै पर्यटक आएको उनको भनाइ छ । दर्शनार्थीहरुले बिशाल महादेवको मुर्ति परिसरमा पुगेर पूजासहित एक सय ८ शिवलिङमा दूध चढाएका थिए ।

बिहानैदेखि अत्याधिक भिड भएकोले सो क्षेत्रमा ट्राफिक व्यवस्थापनदेखि दर्शनार्थीहरुलाई व्यवस्थापन गर्न समेत कठिन भएको थियो । शुक्रबार बिहानैदेखि मौसम खुलेकोले पुम्दीकोटबाट माछापुच्छ्रे, अन्नपूर्णसहितका हिमश्रृखला, फेवाताल, पोखरा, विश्व शान्ति स्तुपा, सराङकोट, काहुँडाँडालगायतका दृश्यावलोकन गर्न सकिएको थियो ।


Facebook Comment


No ads found for this position