सरकारले १० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सलामी दस्तुर मिनाह गर्ने निर्णय

काठमाडौं । सरकरले १० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सलामी दस्तुर मिनाह गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र गणतन्त्र कोरियाबीच सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा १० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाह गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


Facebook Comment


No ads found for this position