सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका उडे

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका उडेका छन् । बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन् ।

चौधरीसँग सरकारी वकील कार्यालय काठमाडौंमा बिहीबार बिहान ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा बयान लिइएको थियो । सरकारी वकील र सीआईबीका अधिकारीहरूको रोहबरमा चौधरीको बयान भएको थियो ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले आफ्नो बनाएको आरोप लागेपछि उनीमाथि अनुसन्धान अघि बढाइएको छ । चौधरीले भने इन्कारी बयान दिएका छन् । उनले कानुन बमोजिम नै जग्गा खरिद गरिएको दाबी गरेका छन् ।

बाँसबारी जग्गा प्रकरणमा १८ माघमा सीआईबीले विनोदका भाइ, सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेर बयान लिएको थियो । उनीहरू अदालतको आदेशपछि २४ माघमा रिहा भएका थिए ।


Facebook Comment


No ads found for this position