मात्तिएर प्लेन उडाउन आएका पाइलटलाई १० महिना जेल

मदिरापान गरी मात्तिएर विमान उडाउने ड्युटीमा हाजिर भएका एक पाइलटलाई १० महिना जेल सजाय सुनाइएको छ। उनी डेल्टा एयरलाइन्सका पाइलट हुन्।

स्कटल्यान्डस्थित एडिनबरा विमानस्थलमा उनी मात्तिएर हाजिर भएका थिए।

ती ६३ वर्षीय पाइलट अमेरिकी नागरिक लरेन्स रसेल जुनियर भएको बताइएको छ। एडिनबराबाट न्युयोर्कको जोन एफ केनेडी विमानस्थलसम्मको उडानको क्याप्टेन थिए उनी। सो विमान १६ जुन २०२३ मा उड्दै थियो।

तर, रक्त परीक्षण गर्दा त्यसमा सीमाभन्दा ज्यादा अल्कोहल भेटियो। काममा आउँदा पनि उनीसँग झोलामा दुई बोतल मदिरा थियो। त्यसमध्ये एउटा आधा खाली थियो।

त्यसपछि सो उडान रद्द गरिएको थियो र रसेल बर्खास्त भएका थिए।

खाली बोतलबारे सोध्दा उनले राति पिएको बताएका थिए। तर, काममा आउँदा उनी ब्रेथ टेस्टमा फेल भए। त्यसपछि पक्राउ गरी उनको रक्तपरीक्षण गरिएको थियो।

स्कटल्यान्डमा विमान उडाउन पाइलटका लागि २० मिलिग्राम र कार चलाउन ५० मिलिग्राम अल्कोहल सीमा तोकिएको छ। एजेन्सी


Facebook Comment


No ads found for this position