तीन जना रिक्त नेपाल पर्यटन बोर्ड सदस्यका लागि पाँचजनाको नाम सिफारिस

काठमाडौँ । नेपाल पर्यटन बोर्ड (एनटीबी) को तीन जना रिक्त बोर्ड सदस्यका लागि पाँचजनाको नाम अन्तिम छनोटका लागि सिफारिस भएको छ । पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा गठित बोर्ड सदस्य छनोट तथा सिफारिस समितिले मंगलबार पाँच जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

समितिले पर्यटन व्यवसायी अभिषेक विक्रम शाह (काठमाडौँ), अम्बर जंग गुरु (लम्जुङ्ग), राजेन्द बहादुर लामा (काभ्रेपलाञ्चोक), ऋषि भण्डारी (कास्की) र राम प्रसाद सापकोटा (कमल) धादिङलाई अन्तिम ५ मा छनोट गरेको हो ।

रिक्त तीन जना बोर्ड सदस्यका लागि २३ जना व्यवसायीहरूले आवेदन दिएका थिए ।


Facebook Comment


No ads found for this position