आइतबारसम्म सगरमाथा चढ्न ५२ जनाले आरोहण अनुमति पाए

काठमाडौं । वसन्त ऋतुमा सगरमाथा चढ्न आइतबारसम्म ५२ जनाले आरोहण अनुमति पाएका छन् ।

पर्यटन विभागको तथ्यांक अनुसार आइतबारसम्म ४ समूहका ५२ आरोहीले सगरमाथा आरोहण अनुमति पाएका हुन् । सगरमाथा चढ्न ११ महिलाले अनुमति पाएका छन् ।

आइतबारसम्म कुल १३ समूहका १ सय १४ जनाले विभिन्न हिमाल आरोहण अनुमति पाएका छन् । तीमध्ये सबैभन्दा धेरै सगरमाथाका लागि अनुमति जारी भएको हो ।

दोस्रो स्थानमा अन्नपूर्ण प्रथम छ । यस हिमालका लागि दुई समूहका २४ जनाले आरोहण अनुमति पाएका छन् । अमादब्लम हिमालमा ३ समूहका २३ जनाले अनुमति पाएका छन् ।

पुथा हिउँचुलीका लागि सात, हिँउचुली पाँच, काङ्ग्री शार दुई र जुगल हिमालका लागि एकले आरोहण अनुमति लिएको विभागले जनाएको छ । बुधबारसम्म जारी अनुमतिबाट ८ करोड ३९ लाख ९२ हजार ५० रुपैयाँ रोयल्टी संकलन भएको छ ।


Facebook Comment


No ads found for this position