नेपाल आउने पर्यटक करिब २९ प्रतिशतले बढे

काठमाडौं– गत वर्षको तुलनामा यो मार्चमा नेपाल आउने पर्यटक करिब २९ प्रतिशतले बढेका छन् । यस वर्षको मार्चमा १ लाख २८ हजार १ सय ६७ जना पर्यटक नेपाल आएका छन् । गत वर्ष मार्चमा ९९ हजार ४ सय २६ जना पर्यटक नेपाल आएका थिए । यो वर्षको आगमन गत वर्षको तुलनामा २८.९० प्रतिशतले बढी हो । मार्चमा मात्र होइन, पछिल्ला केही महिनामा नेपाल आउने पर्यटकको संख्या बढ्दै आएको छ ।

यही वर्षको फेब्रुअरीमा ९७ हजार ४ सय २६ जना पर्यटक आएका थिए । यो गत वर्षको भन्दा ३१ हजार बढी हो । यस्तै गत जनवरीमा ७९ हजार १ सय पर्यटक आएका थिए । यो वर्षको जनवरी र मार्चलाई तुलना गर्दा मार्चमा झन्डै ५० हजार पर्यटक बढेको देखिन्छ । यो वर्षको तीन महिनामा पर्यटक आगमनको संख्या ३ लाख ४ हजार ६ सय ९३ पुगेको छ । नेपाल आउने पर्यटकलाई प्रतिमहिना औसतमा हेर्दा १ लाख १ हजार ५ सय ६४ रहेको छ ।


Facebook Comment


No ads found for this position