नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा सापकोटा चयन

वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा ९कमल० चयन भएका छन् ।

पर्यटन बोर्ड कार्यकारी समितिको ३६८ औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।
नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अनुसार बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहन्छन् भने मनोनित सदस्यमध्ये बोर्डको सदस्यहरू छानेको एकजना सदस्य उपाध्यक्ष हुने व्यवस्था छ ।

गत चैत १५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्यमा धादिङका सापकोटासहित ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामालाई नियुक्त गरेको थियो ।गाँउ पर्यटन प्रर्वद्धन मञ्च नेपालका पुर्व अध्यक्ष भईसकेका सापकोटा लामो समय देखि पर्यटन ब्यबसायमा क्रियाशिल रहेका छन् ।

उपाध्यक्ष भए लगतै सापकोटासहितको संञ्चालक समितिको नयाँ टिमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।
मंगलबार बिहान बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रको प्रवद्र्धन तथा नेपालको पर्यटन क्षेत्रलार्य ब्यापकता दिन तपाईहरुको टिमले राम्रो कामका लागि शुभकामना दिनुभएको हो ।

गत चैत्र १५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्य पदमा पर्यटन सापकोटा सहित ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामालाई नियुक्त गरेको थियो । बोर्ड सदस्यको नियुक्तिसंगै माघ २२ देखि रिक्त रहेको बोर्डले पूर्णता पाएको छ ।


Facebook Comment


No ads found for this position