मुस्ताङमा ७ महिनामा लेक लागेर ११ पर्यटकको मृत्यु

म्याग्दी — मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको संख्या बढेसँगै लेक लागेर ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो सात महिनामा लेक लागेर मुस्ताङमा ११ पर्यटकको मृत्यु
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्षको असोज ११ गतेदेखि चैत मसान्तसम्ममा मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन । मृत्यु हुनेमा ७ जना भारतीय, तीन जना नेपाली तीर्थयात्री र एक युक्रेनी पर्यटक छन् ।

चैत महिनामा मात्र ६ जना तीर्थयात्रुरपर्यटकको मुस्ताङमा लेक लागेर ज्यान गएको छ । अभिलेखअनुसार गर्त वर्ष मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका १२ जनाको लेक लागेर मृत्यु भएको थियो ।

त्यसैगरी प्रहरी अभिलेखअनुसार गत वर्ष आव ०७९र८० मा मुस्ताङ घुम्न आएका विभिन्न देशका गरी १२ जना तीर्थयात्रुरपर्यटकको लेक लागेर मुत्यु भएको थियो । आव ०७८र०७९ मा लेक लागेर ज्यान गुमाउनेको संख्या ६ जना थिए । पछिल्लो तीन वर्षमा मुस्ताङ आएका २० जना भारतीय, ७ जना नेपाली, एक थाई र एक युक्रेनीगरी २९ जनाले लेक लागेर ज्यान गुमाएका छन् । मृत्यु हुनेमा अधिकांश ६० वर्ष माथिका छन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, १ झारकोटस्थित श्वास्थ्यचौकीका प्रमुख अहेव सुवास अधिकारीका अनुसार तल्लो क्षेत्रबाट गाडीमा एक्कासि ३ हजार मिटरभन्दा बढी उचाइमा पुग्दा श्वासप्रश्वास र स्वास्थ्यमा समस्या हुने र मृत्यु हुने गरेको छ । चालु वर्षको पछिल्लो ९ महिनासहित दुई वर्षमा लेक लागेर मृत्यु हुने मध्य ११ जनालाई रानीपौवादेखि मुक्तिनाथ मन्दिरमा पुग्दासम्म लाग्ने गरेको छ ।

रानीपौवा मुक्तिनाथमुनि रहेको बसपार्क क्षेत्र हो । रानीपौवामा गाडीबाट ओर्लेर पैदल मुक्तिनाथ मन्दिर चढ्नु पर्ने भएकोले सोही समयमा तीर्थयात्रुलाई लेक लाग्ने गर्छ ।

मुस्ताङ घुम्न वा तीर्थाटनमा आएका पर्यटकहरूले जोमसोम वा कागबेनीमा एक रात बसेर मौसमसँग घुलमिल भई अर्को दिन मात्र मुक्तिनाथ उक्लनु पर्नेमा ट्राभल कम्पनीरगाडीवालाहरूले यात्रुलाई पोखरा वा सोभन्दा तलको हावापानीबाट सोझै मुक्तिनाथ गाडीमा पुर्‍याएर ओराल्ने गरेकोले लेक लाग्ने समस्या आउने गरेको जिल्ला प्रहरी प्रमुख भोजराज पाण्डेले बताए । घनश्याम खड्का /कान्तिपुर


Facebook Comment


No ads found for this position