रारा तालमा बर्षको सुरुवात सगै पर्यटकको चहलपहल बढ्यो

दानबहादुर बूढा

मुगु– रारा तालमा पर्यटकको चहलपहल बढेको छ । प्राकृतिक वरदानको रूपमा रहेको मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–९मा रहेको राराताललाई ग्रिन रारा, क्लिन राराको रूपमा बचाइ राख्नको लागी स्वच्छ हरियाली,वातावरण संरक्षणका लागि प्रत्येक महिनाको अन्तिम शनिबार रारा ताल र तालको किनार आसपास फोहोर हुन नदिन नेविसंघले सरसफाइ कार्यक्रम गरिरहेको छ ।

वसन्त ऋतु सुरु भएपछि रारा घुम्नको लागी आन्तरिक तथा बाह्रय पर्यटक दैनिक बढ्न थालेपछि पर्यटकहरूले प्रयोग गरेको चाउचाउ, बिस्कुट, रेडबुललगायत अन्य जंगफुटका बोक्राहरू जथाभावि फाल्दा प्राकृतिक वनस्पतिलगायत तालको वातावरण प्रदूषित हुने गरेको छ । सोही कारण मुगु कर्णाली प्रदेश र सिंगो देशकै आर्थिक मेरुदण्डको रूपमा रहेको रारालाई जोगाइ राख्न नेपाल विद्यार्थी संघ मुगुले सरसफाइ अभियान थालेको हो ।

राराको नाममा प्रत्येक वर्ष सरकारी निकायबाट रारा तालको संरक्षण, सरसफाइलगायत अन्य पूर्वाधार निर्माणका लागि करोडौं रकमबराबरको लगानी आए पनि बालुवामा पानी हाले जस्तो देखिएको छ । कुनै संरचना बनेको देखिदैन् । अघिल्ला वर्षमा निर्माण गरेका भौतिक संरचनालाई रङ लगाएर बिल मिलाउने कार्य अझै जारी नै छ । यस्ता कार्यलाई हटाउन र सरसफाइलाई निरन्तरता दिएको नेबिसंघ मुगुका बालचन्द्र कार्कीले बताए ।

नेबिसंघ मुगुले गत पुस १४ को निर्णयअनुसार महिनाको अन्तिम शनिबार देखि रारामा सरसफाइ अभियान सुरु गरेको हो । गत शनिबार पाँच पटक रारामा सरसफाइ अभियान सुरु गरेको थियो । रारामा भेटिएको फोहोर विशेष गरी चाउचाउ, बिस्कुट, कुमुरे, फुट्री, फेन्टा, कोक, रेडबुलका खाली बोतलहरु रहेका छन् । राराको सरसफाइमा ध्यान दिन नेबिसंघ मुगुका अध्क्षय सोबिन्द्रबहादुर मल्लले आग्रह गरेका छन् ।

पछिल्लो समयमा राराको संरक्षणमा रहेका निकायहरूको उदासीनताले रारा तालको किनारमा पशु चौपाया, गाइगोरु,भेडा बाख्रा, घोडहरु खुल्ला चराउँदा रारा तालको किनार र आसपासमा रहेका जलचर थलचार, वन्यजन्तु, वनस्पति लोप हुँदै गइरहेका छन् ।


Facebook Comment


No ads found for this position