अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा प्रवेश शुल्क तय

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा प्रवेश शुल्क, फोटोग्राफि, म्यूजिक भिडियो, फिल्म शुटीडका लागि नयाँ शुल्क तय गरीएको छ । नेपाली नागरिकका लागि प्रवेश शुल्क एकसय पचास, विद्यार्थीका लागि असी, विदेशी नागरीकका लागि सात सय पचास, सार्क देशका पर्यटका लागि तिन सय पचास , बगैचा मात्र घुम्न चाहनेहरुका लागि सत्तरी रुपैया, फोटोग्राफि गर्न चाहनेहरुका लागि एक हजार पाचसय, म्युजिक भिडियो शुटीगका लागि दश हजार र फिल्म छायाकनका लागि पन्ध्र हजार रुपयो लाग्ने नेपाल पर्वातारोहण संघका महासचिव मोहन लम्सालले बताए ।
गण्डकी प्रदेशको पोखरामा अवस्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी सग्राहलय स्थापन गरीएको हो । हिमाल हिमाली जनजिवन अध्ययन अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू निकै आकर्षित छन्।
हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिहरूको रीतिरिवाज, भेषभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले यो सङ्ग्रहालयलाई सञ्चालनमा ल्याइएको हो। सङ्ग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भएरगरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तुलगायतको प्रदर्शनमा राखिएको छ।
करिब साढे ४ रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण तथा ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ। नेपाल पर्वतारोहण सङ्घले खरिद गरेको १ सय रोपनी क्षेत्रफल जग्गामा फैलिएको यस सङ्ग्रहालयको बाहिरी भागमा मनास्लु हिमालको प्रतिरूप निर्माण गरिएको छ। उक्त मनास्लु मोडल अध्ययन अवलोकनकर्ताका लागि छुट्टै आकर्षणको केन्द्र समेत रहेको छ।


Facebook Comment


No ads found for this position