भिडीयोमा यस्तो देखियो विस्केट जात्राको अन्तिम दिन

विस्केट जात्राको अन्तिम दिन ५ वैशाख हो । यो दिन बिहान तालक्वमा गणेश मन्दिर सगै हात नभएको लिगो ढाल्ने चलन छ। हात नभएको लिगोलाई विधिपूर्वक पूजा गरी ढालिसकेपछीकरीब दिनको दुई बजे देखि श्रीभैरव, भैरवी र भद्रकालीको पूजा गर्ने गरीनछ । पुजा सम्पन्न गरी बाजागाजासहित तलेजुका पुजारीलाई खड्ग बुझाउने र अपराह्न ४ बजे भैरवनाथलाई बाजागाजासहित गाःहिटीमा ल्याई रथमा राखेर तानिन्छ । रथ तौमढी भैरवनाथ मन्दिरअघि पुगेपछि भैरवनाथ र खड्गलाई मन्दिरमा भित्‍याई विधि र परम्पराअनुसार जात्रा सम्पन्न गरिन्छ । तर भैरवको रथलाई टौमढी देखि माथिल्लो टोल र तल्लो टोल बिच कस्ले लैजाने भन्ने बिषयमा रथ तान्ने गरीन्छ । बिगतमा रथ तान्ने बिच झै झगडा हुने गरेपनी यो बर्ष शान्त रुपले बिस्केट जात्रा सम्पन्न भएको छ ।


Facebook Comment


No ads found for this position