नेपालमा पर्यटक आकर्षित गर्न शाहको नेत्तृवमा हानको टोली चीन प्रस्थान

काठमाडौं । नेपालमा पर्यटक आकर्षित गर्न होटल संघ नेपालले चीनमा प्रवर्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।

चिनियाँ पर्यटक भित्र्याउने र नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ बेइजिङ र छेन्दुमा १९ देखि २५ जेठसम्म नेपाल प्रवर्धनात्मक कार्यक्रम आयोजना गर्न लागिएको हानले जनाएको छ ।

कोभिड १० महामारीपछि पहिलो पटक हुन लागेको कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाह नेतृत्वमा सातै प्रदेशका ७५ सदस्य होटलहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको टोली चीन प्रस्थान गरेको छ ।

कोभिडपछि चिनियाँ पर्यटकहरूको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि हुँदै आएकोले यस कार्यक्रमबाट चिनियाँ पर्यटक बढाउन प्रत्यक्ष योगदान पुग्ने विश्वास होटल संघ नेपालले गरेको छ ।

बेइजिङ र छेन्दुमा होटल संघ नेपाल र समकक्षी चाइना होटल संघ तथा आर्थिक तथा पर्यटन गतिविधिसँग संलग्न संघ संस्थाबीच तालिम, प्रशिक्षणका साथै दुईपक्षीय पर्यटन प्रवर्द्धन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि रहेको छ ।

कार्यक्रमको समन्वय बेइजिङस्थित नेपाली राजदूतावास तथा छेन्दुस्थित महावाणिज्यदूतको कार्यालय तथा नेपालको पर्यटन सम्बन्धी प्रस्तुतीकरण नेपाल पर्यटन बोर्डबाट हुने होटल संघ नेपालका अध्यक्ष विनाएक शाहले बताए ।


Facebook Comment


No ads found for this position