तारे स्तरका होटल-रिसोर्ट वर्गीकरण तथा मापदण्ड संशोधन तयारी

काठमाडौं । सरकारले तारे स्तरका होटल-रिसोर्ट वर्गीकरण तथा मापदण्ड संशोधन तयारी गरेको छ ।

पर्यटन विभागका अनुसार मापदण्ड संशोधन अन्तर्गत सरोकारवालाबाट राय, सुझाव र परामर्श लिन सुरु गरिएको छ ।

नेपालमा अहिले तारे स्तरका होटल, रिसोर्ट, लज, मोटेल तथा बेड एन्ड ब्रेक फास्ट (बीएन्डबी) हरूको वर्गीकरण र मापदण्ड २०७६ अनुसार आतिथ्य सेवा वर्गीकरण हुँदै आएको छ ।

यसलाई समसामयिक परिमार्जन गर्न लागिएको भन्दै विभागले सरोकारवालासँग राय मागेको हो । अहिले काठमाडौं उपत्यकाभित्र कम्तीमा १ सय कोठा भएका होटलले पाँचतारे मान्यता पाउने गरेका छन् । उपत्यका बाहिरका हकमा कोठा संख्या कम भए पनि हुने मापदण्ड छ ।


Facebook Comment


No ads found for this position