कोरोना अपडेटः विश्वभर दुई लाख ११ हजारको मृत्यु, ३० लाख ६४ हजार संक्रमित

काठमाडौं–कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढ्दै गइरहेको छ । हालसम्म कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघेको छ । यस्तै संक्रमितको संख्या ३० लाख ६४ हजार २२५ पुगेको छ ।

९ लाख २२ हजार जति निको भएर घर फर्किएका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो २४ घन्टामा १३०३ जनाको मृत्यु भएको छ । अमेरिकामा हालसम्म कोरोन संक्रमणकै कारण ५६ हजार ७९७ जनाको मृत्तु भइसकेको छ ।

यहाँ १० भन्दा पनि बढी संक्रमित रहेका छन् । न्युयोर्क टाइम्सका अनुसार अर्जेन्टिनाले सेप्टेम्बर सबै उडान तालिका र टिकट बिक्रीमा प्रतिबन्ध लगाएको छ । मार्चदेखि देशका सबै सीमा बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै, सिंगापुरमा संक्रमण दोस्रो चरणमा पुगेको छ । यहाँ १४ हजार संक्रमित छन् । अधिकांश बाहिरबाट आएका मजदुरहरुमा संक्रमण देखिएको हो ।


Facebook Comment


No ads found for this position