पाकिस्तानमा ९९ यात्रु बोकेको जहाज दुर्घटना
काठमाडौं–पाकिस्तानमा यहाँको राष्ट्रिय कम्पनी पिआईएको जहाज दुर्घटना भएको छ ।
चालक दलका सदस्यसहित ९९ यात्रुसहित लाहोरबाट कराँचीका लागि उडेको विमान शुक्रबार दुर्घटना भएको हो ।
दुर्घटनापछि घटनास्थलबाट धुवाँ उडेको स्थानीय मिडियाले जनाएका छन् । यद्यपि घटनाको पूर्ण विवरण आइसकेको छैन । पाकिस्तानमा कोरोनाभाइरस विरुद्ध लकडाउन खोलिएलगत्तै यो ठूलो दुर्घटना हो ।
कराँचीमा अवतरण हुनुभन्दा केही पहिले रिहाइशी क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । पाकिस्तानमा यसअघि २८ जुलाई २०१० मा विमान दुर्घटना हुँदा १ सय ५२ जनाको मृत्यु भएको थियो । एजेन्सी