नयाँ वर्ष मनाउन विश्वचर्चित अभिनेता जेट ली नेपालमा (तस्वीरहरु)

काठमाडौं । विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता–निर्माता जेट ली नयाँ वर्ष मनाउन नेपाल भ्रमणमा आएका छन् ।

शनिबार आफ्नो फेसबुक पेजमार्फत क्रिसमस बिदा मनाउन पत्नीसहित काठमाडौंको बौद्ध गुम्बा आएको जानकारी दिएका हुन् ।

फेसबुकमा ६ दिनसम्म योङ्गे मिङ्गयुर रिन्पोछेसेसँग बौद्ध दर्शनबारे कक्षा लिएको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘यो मेरो जीवनको सबैभन्दा विशेष क्रिसमस हप्ताहरू मध्ये एक थियो। म र मेरो परिवारले नेपालमा योङ्गे मिङ्गयुर रिन्पोछेसँग छ दिन अध्ययन गर्यौं। हामीलाई अद्भुत शिक्षा दिनको लागि यो छुट्टीमा समय बिताएकोमा म रिन्पोछेको धेरै प्रशंसा गर्छु। हाम्रा धेरै महान् गुरुहरूलाई देख्न र पवित्र स्थानहरूको भ्रमण गर्न पाउँदा हामी भाग्यशाली भयौँ ।’

चिनियाँ फिल्म अभिनेता, निर्माता, मार्सल आर्ट्सका कलाकार र सेवानिवृत्त उसु च्याम्पियन हुन्, जेट ली। सन् १९८२ को चिनियाँ फिल्म ‘साओलिन टेम्पल’बाट उनले अभिनयमा डेब्यु गरेका थिए । उनका दर्जनौ चलचित्र विश्व बजारमा हिट छन् ।

 

 


Facebook Comment


No ads found for this position