गुठी संस्थान भक्तपुरका अधिकृत ५० हजार घुससहित पक्राउ

२९ चैत, काठमाडौं । गुठी संस्थान साखा कार्यालय भक्तपुरका सहायक प्रशासक छत्रबहादुर पौडेललाई ५० हजार घुससहित अख्त्ियारको टोलीले पक्राउ गरेको छ ।

 

भक्तपुरको साविकको बागेश्वरी गाविस ४ मा रहेको गुठीको जग्गा मोहीको नाममा नामसारी गर्न पौडेलले ५० हजार घुस मागेको सूचनाका आधारमा अख्तियार केन्दि्रय कार्यालयबाट खटिएको टोलीले उनलाई घुससहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।

अख्तियारले भ्रष्टाचार गरेको ठहर गर्दै ५० हजार बिगो दाबीसहित पौडेलबिरुद्ध आज बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।


Facebook Comment


No ads found for this position